प्युठान। प्युठानको सरुमारानी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४० करोड ३६ लाख ४४ हजार रुपियाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । सरुमारानीको दोश्रो गाउँसभामा उपाध्यक्ष बसन्ता खड्काले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै चालुतर्फ ३१ करोड ४७ लाख आठ हजार रुपैयाँ र पुँजीगत तर्फ ८ करोड ८९ लाख ३६ हजार रुपैयाँको अनुमानित बजेट पेश गरेकी हुन्।
गाउँसभामा अध्यक्ष झग बहादुर विश्वकर्माले नीति तथा कार्यक्रम पेश गरेका थिए ।
सरुमारानीको आन्तरिक आय एक करोड ८६ लाख हुने ७० हजार रुपियाँ हुने अनुमान गरिएको छ ।
पालिकाले यसअघिका किसानसँग गाउँसरकार, छोरी पेवा बचत जस्ता लोकप्रीय कार्यक्रमलाई निरन्तरता दिएको छ । भने,अति विपन्न परिवार, घाइते तथा अपाङ्गता भएका व्यक्ति, द्वन्द्व पीडित र दीर्घ रोगीहरुको तथ्याङ्क संकलन गरी निःशुल्क स्वास्थ्य बीमा तथा लक्षित कार्यक्रमको व्यवस्था गर्नुका साथै अशक्त, असहाय र ७० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई घरघरमै स्वास्थ्य सेवा र दीर्घ रोगीहरुलाई निःशुल्क औषधीको व्यवस्था गरिने , गाउँपालिकामा आँखा स्वास्थ्य केन्द्र स्थापना गर्ने नीति तथा कार्यक्रम छ।
साथै सडक यातायात गुरुयोजना निर्माण गर्ने र सडक पहुँच नपुगेका मुख्य वस्तीहरुमा आगामी आर्थिक वर्षभित्रै ग्रामीण सडक सञ्जालले जोड्ने, सडकहरुको स्तरोन्नति तथा सुरक्षित सडक यातायात अवधारणा कार्यान्वयन गरिने जस्ता निति तथा कार्यक्रम सरुमारानीले सार्वजनिक गरेको छ ।
बजेट हेर्नुहोस
सरुमारानी गाउँपालिकाको बजेट छोटोमा
सरुमारानी गाउँपालिकाको बजेट सार्वजनिक
सरुमारानी गाउँपालिकाको बजेट सार्वजनिक
Advertisement
तपाईको प्रतिक्रिया