• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, पुष ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

  • ४. धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

छत्रकोटमा उखु महोत्सव सम्पन्न


  •   शनिबार, बैशाख ०८, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको छत्रकोटमा एक दिने उखु महोत्सव गरिएको छ । किशानको उत्पादनलाई बजारीकरण गर्ने र उखु खेतीम कृषकलाई आकर्षण गराउने उदेश्यले छत्रकोट गाउँपालिकाले पहिलोपटक एक दिने उखु महोत्सव गरिएको हो ।
    गाउँपालिकाले गतवर्ष सुन्तला महोत्सव गरेको थियो । पालिका भित्र मुख्य रुपमा उत्पादन हुँने सुन्तला र उखु खेतीले परिचित छ ।
    कृषकलाई उखु खेतीमा आकर्षण र बजारीकरणमा टेवा पुर्याउने उदेश्यले गाउँपालिकाले यस वर्ष उखु महोत्सव गरेको पालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । उहाँले कृषकले उत्पादनमा गुणस्तरीयता सधै कायम राख्न आग्रह गर्नुभयो ।
    कृषकले गुणस्तरमा ख्याल गरे दिगो रुपमा सफल भइने उहाँको तर्क छ । महोत्सवमा उखुका परिकार तथा तयार पार्ने बिधी प्रर्दशन गरिएको थियो
    महोत्सवबाट कृषकलाई उखु खेतीमा लाग्न प्रेरित गरेर रागेजारी र आम्दानीको भरपर्दो माध्यम बनाउने उदेश्य गाउँपालिकाले लिएको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताउनुभयो । अहिले यहाँका कृषकले वषौेंदखि नै उखु खेती गर्दै आएकाले यस खेतीमा कृषकलाई टिकाइ राख्नको लागि गाउँपालिकाले रचनात्मक कार्यक्रम गर्दै आएको हो ।
    त्यस अवसरमा आयोजित कार्यक्रममा कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले वषौेंदखि पहिचाहनको रुपमा रहेको यसक्षेत्रको गुड खुदोलाई गुणस्तरीयता कायम राखे बजारीकरणको समस्या नहुने बताउनुभयो । उहाँले पछिल्लो समय बसाइँसराइका कारणले कृषकहरु घटदै गएको बताउनुभयो ।
    कार्यक्रममा जिल्ला समन्य समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले नगदे बालीका रुपमा परिचित उखु खेती व्यवसायी रुपमा गरे यसबाटे मनग्य आम्दानी लिन सकिने बताउनुभयो । अहिले पनि जिल्लाको पहिचाहनको रुपमा रहेको छत्रकोटको गुड खुदो बिक्रीका लागि बजारको कुनै समस्या नरहेको खत्रीले बताउनुभयो।
    यहाँको गुड खुदो हालसम्म गुणस्तरीयता रहेकाले यसलाई टिकाई राख्न उहाँले आग्रह गर्नुभयो । महोत्सवमा उखुलाई पेल्ने तरिका र गुड खुदो तयार गर्ने तरिका बारे कृषकले नमूना रुपमा प्रर्दशन गरेका थिए ।
    छत्रकोट वडानम्बर–१ हुँगा, वडानम्बर–३ हर्दिनेटा, वडानम्बर–४ दिगाम, वडानम्बर–५ खज्र्याङ उखु पकेट क्षेत्र हुन् । पालिका भित्रका वडाहरु मध्ये वडानम्बर–४ मा धेरै कृषकहरु उखु खेतीमा लागेका छन् ।
    गाउँपालिकामा ७० मेट्रिक टन खुदो उत्पादन हुने गरेको छ । यहाँका करिब ३ सय जना कृषकले उखु खेती गर्दै आएका छन् ।
    यसक्षेत्रमा उखुबाट बनेको खुदो, गुड बेचेर करिब १ करोडको करोबार हुने गरेको छ । अहिले छत्रकोटको वडानम्बर ४ मा गाउँले ग्रुपले ४ सय रोपनी क्षेत्रफल जग्गा भाडामा लिएर उखु खेती गर्दै आएको कृषक रामकृष्ण न्यौपानेले बताउनुभयो ।
    उहाँले छत्रकोट र रुरुका किशानको उखु पनि खरिद गर्ने गर्नुभएको छ । संकलीत उखुबाट विभिन्न परिकार तयार गरेर बजारमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।
    कृषको उत्पादनलाई सम्मान र काम गर्ने कृषकलाई प्रोत्साहन स्वरु गरिएको यसमहोत्सवले कृषकलाई ठूलो टेवा पुग्ने बताउनुभयो । महोत्सव आयोजना गरेर कृषकको उत्पादनलाईसम्मान गरेको प्रति कृषकहरु उत्साहित भएका थिए ।
    उखु खेती गर्ने कृषकलाई गाउँपालिका र कृषि ज्ञानकेन्द्रले विभिन्न जातका वीउ सहयोग गर्ने गरेको छ । अहिले गुडको बजार मूल्य प्रतिकेजी ३०० रुपैयाँ र खुदोको मूल्य १७५ रुपैयाँ रहेको छ ।
    यी क्षेत्रमा किशानले प्रशस्त मात्रामा उखु खेती गर्दै आएका छन् । यतिबेला किशानलाई उखु काट्न, पेल्न, खुदो, गुड बनाउन व्यस्त छन् ।
    ग्रामिण क्षेत्रका पाखो बारीमा लगाएको उखुले रसबाट खुदो र गुड बनाएर बजारमा बिक्री गरी गुल्मीका कृषकले मनग्य आम्दानी गर्दै आएका छन् । यस क्षेत्रका कृषकले परम्परागत शैलीमा गर्र्दै आएको उखु खेतीलाई प्रविधिको विकाससंगै आधुनिक मेसिनको प्रयोगले खुदो र गुड बेचेर जिविको पार्जन गर्ने मुख्य आम्दानीको स्रोत बनाएका छन् ।
    यि क्षेत्रमा उत्पादन भएको गुड र खुदो गुल्मी सदरमुकाम तम्घास, रिडी, पाल्पा, बुटवल, पोखरा, काठमाडौंका शहरदेखी बिदेशसम्म प्रख्यात छ । जिल्लाबाट अनेत्र शहरमा जानेहरुले गुल्मीको गुड र खुदो कोसेलीका रुपमा लैजाने प्रचलन पनि रहेको छ ।
    यहाँको गुड अर्गानी भएकाले एकपटक प्रयोग गरेकाले पुनः खोजी खोनी खाने गर्दछन् ।

    Advertisement

    शनिबार, बैशाख ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र
    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह
    दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू
    गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल
    राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान
    गुल्मीका ३२ उत्कृष्ट उद्यमी सम्मानित, ८ जनाले पाए नगद पुरस्कार

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    • ४.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री

    भर्खरै

    • १.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

    • २.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ४.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ५.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ६.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ७.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ८.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation