• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

छत्रकोटमा उखु महोत्सव सम्पन्न


  •   शनिबार, बैशाख ०८, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको छत्रकोटमा एक दिने उखु महोत्सव गरिएको छ । किशानको उत्पादनलाई बजारीकरण गर्ने र उखु खेतीम कृषकलाई आकर्षण गराउने उदेश्यले छत्रकोट गाउँपालिकाले पहिलोपटक एक दिने उखु महोत्सव गरिएको हो ।
    गाउँपालिकाले गतवर्ष सुन्तला महोत्सव गरेको थियो । पालिका भित्र मुख्य रुपमा उत्पादन हुँने सुन्तला र उखु खेतीले परिचित छ ।
    कृषकलाई उखु खेतीमा आकर्षण र बजारीकरणमा टेवा पुर्याउने उदेश्यले गाउँपालिकाले यस वर्ष उखु महोत्सव गरेको पालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । उहाँले कृषकले उत्पादनमा गुणस्तरीयता सधै कायम राख्न आग्रह गर्नुभयो ।
    कृषकले गुणस्तरमा ख्याल गरे दिगो रुपमा सफल भइने उहाँको तर्क छ । महोत्सवमा उखुका परिकार तथा तयार पार्ने बिधी प्रर्दशन गरिएको थियो
    महोत्सवबाट कृषकलाई उखु खेतीमा लाग्न प्रेरित गरेर रागेजारी र आम्दानीको भरपर्दो माध्यम बनाउने उदेश्य गाउँपालिकाले लिएको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताउनुभयो । अहिले यहाँका कृषकले वषौेंदखि नै उखु खेती गर्दै आएकाले यस खेतीमा कृषकलाई टिकाइ राख्नको लागि गाउँपालिकाले रचनात्मक कार्यक्रम गर्दै आएको हो ।
    त्यस अवसरमा आयोजित कार्यक्रममा कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले वषौेंदखि पहिचाहनको रुपमा रहेको यसक्षेत्रको गुड खुदोलाई गुणस्तरीयता कायम राखे बजारीकरणको समस्या नहुने बताउनुभयो । उहाँले पछिल्लो समय बसाइँसराइका कारणले कृषकहरु घटदै गएको बताउनुभयो ।
    कार्यक्रममा जिल्ला समन्य समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले नगदे बालीका रुपमा परिचित उखु खेती व्यवसायी रुपमा गरे यसबाटे मनग्य आम्दानी लिन सकिने बताउनुभयो । अहिले पनि जिल्लाको पहिचाहनको रुपमा रहेको छत्रकोटको गुड खुदो बिक्रीका लागि बजारको कुनै समस्या नरहेको खत्रीले बताउनुभयो।
    यहाँको गुड खुदो हालसम्म गुणस्तरीयता रहेकाले यसलाई टिकाई राख्न उहाँले आग्रह गर्नुभयो । महोत्सवमा उखुलाई पेल्ने तरिका र गुड खुदो तयार गर्ने तरिका बारे कृषकले नमूना रुपमा प्रर्दशन गरेका थिए ।
    छत्रकोट वडानम्बर–१ हुँगा, वडानम्बर–३ हर्दिनेटा, वडानम्बर–४ दिगाम, वडानम्बर–५ खज्र्याङ उखु पकेट क्षेत्र हुन् । पालिका भित्रका वडाहरु मध्ये वडानम्बर–४ मा धेरै कृषकहरु उखु खेतीमा लागेका छन् ।
    गाउँपालिकामा ७० मेट्रिक टन खुदो उत्पादन हुने गरेको छ । यहाँका करिब ३ सय जना कृषकले उखु खेती गर्दै आएका छन् ।
    यसक्षेत्रमा उखुबाट बनेको खुदो, गुड बेचेर करिब १ करोडको करोबार हुने गरेको छ । अहिले छत्रकोटको वडानम्बर ४ मा गाउँले ग्रुपले ४ सय रोपनी क्षेत्रफल जग्गा भाडामा लिएर उखु खेती गर्दै आएको कृषक रामकृष्ण न्यौपानेले बताउनुभयो ।
    उहाँले छत्रकोट र रुरुका किशानको उखु पनि खरिद गर्ने गर्नुभएको छ । संकलीत उखुबाट विभिन्न परिकार तयार गरेर बजारमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।
    कृषको उत्पादनलाई सम्मान र काम गर्ने कृषकलाई प्रोत्साहन स्वरु गरिएको यसमहोत्सवले कृषकलाई ठूलो टेवा पुग्ने बताउनुभयो । महोत्सव आयोजना गरेर कृषकको उत्पादनलाईसम्मान गरेको प्रति कृषकहरु उत्साहित भएका थिए ।
    उखु खेती गर्ने कृषकलाई गाउँपालिका र कृषि ज्ञानकेन्द्रले विभिन्न जातका वीउ सहयोग गर्ने गरेको छ । अहिले गुडको बजार मूल्य प्रतिकेजी ३०० रुपैयाँ र खुदोको मूल्य १७५ रुपैयाँ रहेको छ ।
    यी क्षेत्रमा किशानले प्रशस्त मात्रामा उखु खेती गर्दै आएका छन् । यतिबेला किशानलाई उखु काट्न, पेल्न, खुदो, गुड बनाउन व्यस्त छन् ।
    ग्रामिण क्षेत्रका पाखो बारीमा लगाएको उखुले रसबाट खुदो र गुड बनाएर बजारमा बिक्री गरी गुल्मीका कृषकले मनग्य आम्दानी गर्दै आएका छन् । यस क्षेत्रका कृषकले परम्परागत शैलीमा गर्र्दै आएको उखु खेतीलाई प्रविधिको विकाससंगै आधुनिक मेसिनको प्रयोगले खुदो र गुड बेचेर जिविको पार्जन गर्ने मुख्य आम्दानीको स्रोत बनाएका छन् ।
    यि क्षेत्रमा उत्पादन भएको गुड र खुदो गुल्मी सदरमुकाम तम्घास, रिडी, पाल्पा, बुटवल, पोखरा, काठमाडौंका शहरदेखी बिदेशसम्म प्रख्यात छ । जिल्लाबाट अनेत्र शहरमा जानेहरुले गुल्मीको गुड र खुदो कोसेलीका रुपमा लैजाने प्रचलन पनि रहेको छ ।
    यहाँको गुड अर्गानी भएकाले एकपटक प्रयोग गरेकाले पुनः खोजी खोनी खाने गर्दछन् ।

    Advertisement

    शनिबार, बैशाख ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • २.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ३.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ४.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ५.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ६.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ७.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ८.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation