• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार १८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

लोकप्रिय समाचार

  • १. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • २. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ३. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • ४. रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक

  • ५. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ६. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • ७. दलित बालबालिकालाई कपी वितरण गर्दै वडाध्यक्ष बुढाले मनाए जन्मदिन

  • ८. गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए

  • ९. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • १०. प्युठानमा लागुऔषधविरुद्ध प्रभातफेरी

जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक


  •   आइतबार, चैत २५, २०८० मा प्रकाशित
  • काठमाडौं। काठमाडौं बाहिर बसेर लेखन कर्ममा सक्रिय जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक भएको छ। लेखक दर्लामीले आफ्नो उपन्यास ‘मारीखोलाको ढुंगो’ को कथा-कालमा जन्मिएकी इभा काफ्लेलाई पुस्तक हस्तान्तरण गरेसँगै उपन्यास लोकार्पण गरिएको हो।
    काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत काफ्लेलाई गरिएको पुस्तक हस्तान्तरण अबको युग नयाँ पुस्ता अर्थात् सशस्त्र द्वन्द्वकालमा जन्मे-हुर्केको पुस्ताको हो भन्ने प्रतीकात्मक संकेत गरिएको थियो।
    नेपाल संकटकालमा हुँदा जन्मिएकी ईभाले सशस्त्र द्वन्द्वबारे आफू र आफ्नो पुस्ताको बुझाइका साथै ‘मारीखोलाको ढुंगो’ पढ्दाको आफ्नो अनुभूति विमोचन कार्यक्रममा सुनाएकी थिइन्। ‘समाजविज्ञानको विद्यार्थी भए पनि हामीले द्वन्द्वकालबारे कक्षाकोठामा पढ्नै पाएनौं, घरघरमा कथा सुनाउने चलन पनि अब छैन,’ पठन अनुभव सुनाउँदै इभाले भनिन्, ‘चिन्दै नचिनेको देश हामीले कसरी बनाउने? हामी कहाँबाट आयौं? अहिले कहाँ छौं? यस्ता प्रश्नको जवाफ मैले यो उपन्यासमा पाएँ।’
    आमाबुवाको पढाइको सिलसिलामा बाल्यकाल देशबाहिर बिताएकी र स्वदेश फर्केपछि नेपाली बोल्दा शिक्षालयहरूमा कारबाही भोग्नुपर्ने समयमा हुर्केकी इभाले विमोचन कार्यक्रममा भनिन्, ‘नेपाली किताब पढ्नै सक्दिनँ जस्तो लाग्थ्यो, तर मलाई यो उपन्यासको मिठो भाषाले बोलायो, हात समातेर सँगसँगै डोर्‍यायो, हाम्रो देशको वास्तविक धड्कन सुनायो।’
    दुई दिन पहिले मात्र आफ्नो पुस्तक विमोचनका लागि बुटवलबाट काठमाडौं आइपुगेका लेखक दर्लामीले पब्लिकेसन नेपालयको आरशालामा आफ्नो बाल्यकाल र लेखन यात्राको अनुभव बाँडे।
    ‘घर नजिक स्कुल नभएका कारण र आमालाई छोड्न नसक्ने आफ्नै भावुक स्वभावले गर्दा मैले स्कुल तह पनि पूरा गर्न सकिनँ,’ लेखक जेबी दर्लामीले भने, ‘पढ्ने बेलामा पढ्न नपाएको भोकले हुन सक्छ, मलाई शब्दसित गहिरो प्रेम छ।’
    अहिले पनि टेलिफोन, बाटोघाटो, विद्युत् नपुगेको अर्घाखाँचीको सिलिङखोलामा जन्मेका लेखक दर्लामीले ‘मारीखोलाको ढुंगो’ उपन्यास लेख्दाको अनुभव बाँडे। ‘म जस्तो विकटमा बसेर लेख्नेको किताब कसले छाप्ला र भन्ने ठानेको थिएँ, तर म गलत ठहरिएँ,’ दर्लामीले भने, ‘मैले केही भोगेको, केही देखेको र केही महसुस गरेको समयलाई इमानदारीपूर्वक अक्षरमा उतारेको हुँ।’

    Advertisement

    आइतबार, चैत २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘डल्ले सराय’ विमोचन, विजयराज आचार्य सम्मानित
    मध्यपुरमा धिमे तालिम सम्पन्न, ५३ जना युवा प्रशिक्षित
    प्युठानमा रचना वाचन र पुस्तक विमोचन कार्यक्रम सम्पन्न
    गिरिराज खनालको कविता संग्रह ‘पहिलो किरण’ विमोचित
    ‘यात्राको तस्बिर’ नियात्रा सङ्ग्रह सार्वजनिक
    बर्दिवासमा शिशिर घिमिरे स्मृति दिवस विशेष कार्यक्रम सम्पन्न

    लोकप्रिय

    • १.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • २.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • ३.
      प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

    • ४.
      रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक

    • ५.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ६.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    भर्खरै

    • १.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

    • २.
      झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    • ३.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

    • ४.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ५.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • ६.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • ७.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ८.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation