प्युठान । जिल्लाको ऐरावती गाउँपालिकाले बालविवाहको सुचना दिनेलाई पुरस्कृत गर्ने भएको छ ।
सोमबार सम्पन्न गाउँपालिकाको १४ औं गाउँसभाले बाल बिवाह भएको वा हुन लागेको सुचना दिनेलाई नगद २५ हजार रुपियां पुरुस्कार दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष नबिलबिक्रम शाहले जानकारी दिए । अध्यक्ष शाहले भने,‘ यसले बालविवाह न्यूनिकरणमा सहयोग गर्ने देखिन्छ ।
अध्यक्ष शाहका अनुसार पालिकाले बढ्दो बाल बिवाह न्युनिकरण गर्न यस वर्ष बिशेष कार्यक्रम बनाएको छ ।
बालविवाह सम्वन्धी सुचना दिनेको नाम गोप्पे राखिने पालिकाले जनाएको छ ।
Advertisement