• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, पुष ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

  • ४. धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

प्युठानमा ल्होसारको रौनक,रानीबास बगरमा विशेष कार्यक्रम


  •   आइतबार, पुष १५, २०८० मा प्रकाशित
  • प्युठान। आज गुरुङ समुदायको ल्होसार पर्व।हरेक पुस १५ मा गुरुङ (तमु) समुदायले नयाँ वर्षको रूपमा ल्होसार पर्व मनाउने गर्दछन्।
    जिल्लाका विभिन्न ठाउँमा आज गुरुङ जातिले ल्होसार पर्व विविध कार्यक्रम गरि मनाउँदै छन्। प्यूठानको सरूमारानी गाउँपालिका वडा नं २ स्थित राप्ती नदी किनारमा रहेको रानीबास बगरमा यहाँ वर्षै पिच्छे भब्य रुपमा ल्होसार मेला लाग्ने गर्दछ। यहाँ करिब ७ देखि १० हजार संख्याको हाराहारीमा मेला भर्न आउँछन्। कार्यक्रमको उद्धाटन सरुमारानि गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले गर्ने कार्यक्रम छ।
    दर्भान – भालुवाङ सडकखण्ड छेउमा रहेको यस बगरमा करिब ७ वर्ष अघि देखि ‘तमु ह्युल छोंज धीं’ गुरुङ राष्ट्रिय परिषद सरुमारानी गा.पा इकाइ समिति प्यूठानले ल्होसार पर्व मनाउने संगै बृहत मेलाको आयोजना गर्दै आएको छ।
    यहाँ हरेक पुस १५ मा बिना प्रचार-प्रसार स्वत: हजारौंको संख्यामा मेला हेर्न तथा रमाउन आउने गरेको परिषदका अध्यक्ष डण्ड बहादुर गुरुङले जानकारी दिए।
    ‘ल्होसार हामी सबै समुदायको साझा पर्व तथा मेलाको रूपमा विकास भएको छ।’ गुरुङले भने, ‘ल्होसारमा देखिने यहाँको हजारौं उपस्थितिले हामी एक आपसमा मिलेर बसेको, हरेक धर्म तथा संस्कृतिलाई एक आपसमा सम्मान गर्न सकेको प्रस्टै चित्र देख्न सकिन्छ।’
    रानीबास बगरमा गाउँपालिकाको आर्थिक सहयोगमा मंच निर्माण गरिएको छ। यहाँ अन्य भौतिक पूर्वाधार तर्फका संरचनाहरु बनाउन आवश्यक देखिन्छ।
    खानेपानी तथा सौचालयको प्रबन्ध गर्न गाउँपालिकालाई आग्रह गरिएको गुरुङले बताए। रानीबास बगर नजिकै रहेको राप्ती नदीले बर्सेनि कटान गर्दै आएको छ। यहाँ पालिका तथा प्रदेश सरकारको सहयोगमा बृहत तटबन्धको आवश्यक रहँदै आएको छ।
    ‘गाउँपालिका समेत विविध प्रकृतिका ठूला प्रतियोगिताहरू यहि बगरमा सञ्चालन गर्दै आएको छ।’ गुरुङले भने ‘यस बगरमा वनभोज गर्न सकिन्छ। अन्य विविध गतिविधि गर्नको लागि पनि यहाँ भौतिक पूर्वाधारका संरचनाहरु बनाउन आवश्यक देखिन्छ।’ रानीबास बगरको संरक्षणमा गाउँपालिकाले ध्यान दिनुपर्नेमा उनले जोड दिए।
    ल्होसारको अवसरमा आज खुल्ला छेलो तथा महिला घैंटो फोर प्रतियोगीताको आयोजना गरिएको छ भने गुरुङ, मगर थारु संस्कृति झल्निके नृत्यहरू साथै विविध साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको इकाइ परिषद्ले जनाएको छ। यस्तै जिल्लाको प्युठान नगरपालिका र ऐरावती गाउपालिका क्षत्रमा समेत आज ल्होसार मनाईदै छ।

    Advertisement

    आइतबार, पुष १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    • ४.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री

    भर्खरै

    • १.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

    • २.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ४.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ५.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ६.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ७.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ८.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...