• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

प्युठानमा ल्होसारको रौनक,रानीबास बगरमा विशेष कार्यक्रम


  •   आइतबार, पुष १५, २०८० मा प्रकाशित
  • प्युठान। आज गुरुङ समुदायको ल्होसार पर्व।हरेक पुस १५ मा गुरुङ (तमु) समुदायले नयाँ वर्षको रूपमा ल्होसार पर्व मनाउने गर्दछन्।
    जिल्लाका विभिन्न ठाउँमा आज गुरुङ जातिले ल्होसार पर्व विविध कार्यक्रम गरि मनाउँदै छन्। प्यूठानको सरूमारानी गाउँपालिका वडा नं २ स्थित राप्ती नदी किनारमा रहेको रानीबास बगरमा यहाँ वर्षै पिच्छे भब्य रुपमा ल्होसार मेला लाग्ने गर्दछ। यहाँ करिब ७ देखि १० हजार संख्याको हाराहारीमा मेला भर्न आउँछन्। कार्यक्रमको उद्धाटन सरुमारानि गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले गर्ने कार्यक्रम छ।
    दर्भान – भालुवाङ सडकखण्ड छेउमा रहेको यस बगरमा करिब ७ वर्ष अघि देखि ‘तमु ह्युल छोंज धीं’ गुरुङ राष्ट्रिय परिषद सरुमारानी गा.पा इकाइ समिति प्यूठानले ल्होसार पर्व मनाउने संगै बृहत मेलाको आयोजना गर्दै आएको छ।
    यहाँ हरेक पुस १५ मा बिना प्रचार-प्रसार स्वत: हजारौंको संख्यामा मेला हेर्न तथा रमाउन आउने गरेको परिषदका अध्यक्ष डण्ड बहादुर गुरुङले जानकारी दिए।
    ‘ल्होसार हामी सबै समुदायको साझा पर्व तथा मेलाको रूपमा विकास भएको छ।’ गुरुङले भने, ‘ल्होसारमा देखिने यहाँको हजारौं उपस्थितिले हामी एक आपसमा मिलेर बसेको, हरेक धर्म तथा संस्कृतिलाई एक आपसमा सम्मान गर्न सकेको प्रस्टै चित्र देख्न सकिन्छ।’
    रानीबास बगरमा गाउँपालिकाको आर्थिक सहयोगमा मंच निर्माण गरिएको छ। यहाँ अन्य भौतिक पूर्वाधार तर्फका संरचनाहरु बनाउन आवश्यक देखिन्छ।
    खानेपानी तथा सौचालयको प्रबन्ध गर्न गाउँपालिकालाई आग्रह गरिएको गुरुङले बताए। रानीबास बगर नजिकै रहेको राप्ती नदीले बर्सेनि कटान गर्दै आएको छ। यहाँ पालिका तथा प्रदेश सरकारको सहयोगमा बृहत तटबन्धको आवश्यक रहँदै आएको छ।
    ‘गाउँपालिका समेत विविध प्रकृतिका ठूला प्रतियोगिताहरू यहि बगरमा सञ्चालन गर्दै आएको छ।’ गुरुङले भने ‘यस बगरमा वनभोज गर्न सकिन्छ। अन्य विविध गतिविधि गर्नको लागि पनि यहाँ भौतिक पूर्वाधारका संरचनाहरु बनाउन आवश्यक देखिन्छ।’ रानीबास बगरको संरक्षणमा गाउँपालिकाले ध्यान दिनुपर्नेमा उनले जोड दिए।
    ल्होसारको अवसरमा आज खुल्ला छेलो तथा महिला घैंटो फोर प्रतियोगीताको आयोजना गरिएको छ भने गुरुङ, मगर थारु संस्कृति झल्निके नृत्यहरू साथै विविध साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको इकाइ परिषद्ले जनाएको छ। यस्तै जिल्लाको प्युठान नगरपालिका र ऐरावती गाउपालिका क्षत्रमा समेत आज ल्होसार मनाईदै छ।

    Advertisement

    आइतबार, पुष १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...