• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, पुष ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

  • ४. धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

दिपन सहकारीद्वारा महिला कृषकहरुलाई सम्मान


  •   मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित
  • दाङ । दिपन सामाजिक उद्यमी महिला सहकारी सँस्था लमही-७ कप्तानगञ्जले महिला कृषकहरुलाई सम्मान गरेको छ ।

    Advertisement

    महिलाहरुमा हौसला जगाउन उत्कृष्ट महिला समूह तथा ब्यक्तिहरुलाई सम्मान गरिएको सहकारी सँस्थाकि अध्यक्ष पुनम घर्ती गिरीले बताईन । सहकारीको ११ औँ बार्षिक साधारण सभाको अबसरमा विभिन्न बिधामा उत्कृष्ट कार्य गरेका महिला दिदी बहिनी हरु सम्मानित भएका हुन ।

    उत्कृष्ट समूह अन्तरगत लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर स्थित सरस्वती सहयोगी समुह, जनकपुर जागृति सहयोगी समूह, सगरमाथा सहयोगी समुह र लमही नगरपालिका वडा नम्बर ८ स्थित पिपल चौतारी सहयोगी समुहलाई सम्मान गरिएको छ ।
    त्यस्तै सँस्थाले उत्कृष्ट बचत कर्ताको रुपमा उचानिम्बुका स्थित सृजनशिल सहयोगी समुहकि जिउरामी चौधरी र सयपत्रि सहयोगी समूह बनगईकि चन्द्रावती सिंह ठकुरीलाई सम्मान गरेको छ ।

    यसैगरी नमुना सहयोगी समुह कमानपुरकि कमिनी घर्ती मगरलाई जेष्ठ नागरिकको रुपमा सम्मान गरिएको छ । सँस्थाले सबैभन्दा धेरै खसिबोका उत्पादन गरि सहकारी मार्फत बजारीकरण गर्ने लमही नगरपालिका वडा नम्बर ७ स्थित शुभकामना सहयोगी समुहकि चन्द्रावती चौधरी र लमही नगरपालिका वडा नम्बर ८ स्थित बगार बाबा सहयोगी समूहकि चन्चली चौधरीलाई सम्मान गरेको हो ।

    सम्मानित ब्यक्तिहरुले अझै थप सक्रिएताका साथ उत्कृष्ट काम गरिने बताए । सहकारीले आफु लगायत अन्यलाई सम्मान गरेको भन्दै कृषक चन्द्रावती चौधरीले खुसी ब्यक्त गरिन । खसी बोका पाल्न पनि हौसायो, आफै खरिद गर्दियो अहिले सम्मान पनि गर्यो, औधि खुसी लागेको छ चौधरीले भनिन् ।

    कार्यक्रममा प्रतिनिधी सभा सदस्य मेटमणि चौधरीले सरकारले आर्थिक समृद्धी र विकास तर्फ आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने बताए।

    कार्यक्रमका प्रमुख अतिथी समेत रहेका चौधरीले आर्थिक समृद्धिका लागि सहकारीको मुख्य भुमिका रहेको बताउँदै अर्थतन्त्रलाई सही ढंगबाट सञ्चालन गर्न सहकारी आवश्यक रहेको बताए । उनले मुलुकको अर्थतन्त्रको तीन आधार स्तम्भमध्य सहकारी भन्नका लागि मात्र नभई अर्थतन्त्रको आधार स्तम्भ नै भएको स्पष्ट पारे ।

    कार्यक्रममा विशिष्ट अतिथी लमही नगरपालिकाकि उपप्रमुख लक्ष्मी योगीले सहकारीहरु उत्पादनमा केन्द्रित हुनुपर्ने बताईन । ‘सहकारी सँस्थाहरु उत्पादनमुखी भएनन् भने सहकारी संस्थाहरु बचाउन गाह्रो पर्न सक्छ उनले भनिन-लगानी गर्ने वातावरण र व्यवस्थित गर्ने काम सरकारले गर्छ ।’

    कार्यक्रममा सँस्थाकि कोषाध्यक्ष सुनिता बुढाथोकीले आर्थिक बर्ष २०७९-०८० को ५९ करोड, ७४ लाख, ४३ हजार ३ सय ९९ सय रूपैयाको आम्दानी र खर्च बिबरण प्रस्तुत गरिन भने संस्थाकि व्यवस्थापक कृष्णि चौधरीले आगामी योजनाहरु प्रस्तुत गरिन ।

    दिपन सामाजिक उद्यमी महिला सहकारीका लेखा समिति सदस्य इन्द्रा चौधरीको स्वागत मन्तब्य राखेको कार्यक्रमको सहजिकरण संस्थाकि लेखा संयोजक लक्ष्मी चौधरीले गरेकि हुन । कार्यक्रम सँस्थाकि अध्यक्ष पुनम घर्ती गिरीको अध्यक्षतामा भएको हो ।

    मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    सफा बस्ती, पुरस्कारको अवसर-खुङ्गमा सरसफाइमा प्रतिस्पर्धा
    दुःखमा हात बढाउने गाउँ
    आमाको सम्झनामा वडाबासीको न्यूनतम विद्युत् महसुल अध्यक्ष पोख्रेलले व्यहोर्ने
    सापडाडाका अशक्त दिलिपलाई घरमै पुगेर नागरिकता

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    • ४.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री

    भर्खरै

    • १.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

    • २.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ४.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ५.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ६.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ७.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ८.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...