• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, पुष ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

  • ४. धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

सहकारीलाई सीप बिकासमा लगानी गर्न आग्रह


  •   शनिबार, असोज १३, २०८० मा प्रकाशित
  • देवदह ।  सहकारीले शेयर सदस्यहरुलाई आधारभूत सहकारी शिक्षा र वित्तिय साक्षरता नियमित रुपमा प्रदान गर्नुपर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। उनीहरुले सहकारीका कारण आमनागरिकमा बचत गर्ने वानीको विकास भएको हुदा लगानीलाई सही सदुपयोग गर्ने सीप समेत सहकारीले प्रदान गर्नुपर्नेमा जोड दिएका थिए।

    Advertisement

    कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको मुख्य सेवा केन्द्र, शितलनगर सेवा केन्द्र र घोडाहा सेवा केन्द्रको १८ औं बार्षिक साधारण सभा कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन। उनीहरुले सहकारीलाई सहकारी ऐन, सिद्धान्त र मूल्यमान्यता अनुसार संचालन गर्नुपर्नेमा जोड दिएका थिए। मुख्य सेवा केन्द्र अन्र्तगत भएको कार्यक्रममा पुर्व अध्यक्षहरु तुलसीराम शर्मा, प्रकाश अर्याल, भिमप्रसाद गुरुङ्ग, संस्थाका अध्यक्ष सुवकान्त न्यौपाने, सल्लाहकार ईश्वरीप्रसाद ढुंगाना, खेमानन्द ज्ञवाली, हरिप्रसाद पाण्डे, डिल्लीराम सापकोटा, गीता रुचाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो।

    कार्यक्रममा मुख्य सेवा केन्द्र संचालक उपसमितिका संयोजक राजकुमार श्रेष्ठले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। उपसमिति सदस्य दुर्गा पाण्डेको स्वागत र व्यवस्थापक विनोद पराजुलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो। यसैगरी शितलनगर सेवा केन्द्र स्तरीय साधारण सभा सम्पन्न भएको छ। सेवा केन्द्र उपसमितिका संयोजक हरि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश बचत तथा सहकारी संघका महासचिव ऋषिराम सापकोटा, संस्थाका सल्लाहकार कृष्णप्रसाद पौडेल, संस्थाका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, कोषाध्यक्ष प्रजापति सापकोटा, लेखा संयोजक हरिप्रसाद ढुंगाना, शेयर सदस्य कृष्णप्रसाद न्यौपाने, रेणु रेग्मी लगायतले आ–आफना भनाई राख्नु भएको थियो।

    कार्यक्रममा संयोजक भण्डारीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। उपसमितिका सदस्य यमबहादुर काउचाको स्वागत र सहव्यवस्थापक बुद्धिसागर अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो। त्यसैगरी घोडाहा सेवा केन्द्र देवदह–९, को बार्षिक साधार सभा सम्पन्न भएको छ। घोडाहा सेवा केन्द्र उपसमितिका संयोजक पिताम्वर खरालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार प्रकाश अर्याल लगायतले आ–आफना भनाई राख्नु भएको थियो।

    सेवा केन्द्र स्तरीय बार्षिक साधारण सभामा ७० बर्ष भन्दा माथिका शेयर सदस्यहरुलाई नगद सहित सम्मान गरिएको थियो। कोलिय देवदह साकोसले सेवा केन्द्र स्तरीय बार्षिक साधारण गर्दै असोज २० गते मूल समारोह गर्ने संस्थाले जनाएको छ। २० गते हुने मुल समारोहमा संस्थाको नया नेतृत्वको पनि घोषणा गर्ने कार्यक्रम रहेको व्यवस्थापक पराजुलीले जानकारी दिनु भयो। तिन वटै सेवा केन्द्रमा भएको बार्षिक साधारण सभामा मूल समारोहमा सहभागि हुने प्रतिनिधिहरुको समेत छनोट गरिएको र संस्थाको बार्षिक प्रतिवेदन पास गरेको पराजुलीले जानकारी दिनु भयो। साकोसमा हाल १६ हजार ५ सय २९ जना शेयर सदस्य रहेको जनाएको छ।

    शनिबार, असोज १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    • ४.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री

    भर्खरै

    • १.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

    • २.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ४.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ५.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ६.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ७.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ८.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation