सुरज भट्टराई,बुटवल। नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि पनि प्रदेश कमिटी सचिव थिए । सचिवमा मनोनयन दर्ता गराएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध निर्वाचित भएको समिति प्रमुख हरिप्रसाद भण्डारीले बताए ।
Advertisement
आर्चायको प्रस्तावकका एमाले दाङका सचिव मनोहर बुढाथोकी र समर्थकमा अध्यक्ष हुकुम बस्नेत थिए ।
एमालेको लुम्बिनी प्रदेश कमिटीका लागि अरु पदमा भने चुनावी प्रक्रीया सुरु भएको छ ।
५ पदाधिकारीमा १४ र २ सय सदस्यमा ३ सय ६४ जनाको उम्मेदवारी परेको थियो । अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरिप्रसाद रिजाल उम्मेदवार छन् ।