दाङ। बजारमा नयाँ तीज गीत ‘काँकरीको झालमा’ सार्वजनिक भएको छ । दाङ—देउखुरीको राप्ती गाउँपालिका—१, पाखापानी निवासी चर्चित गायक तथा मोडेल श्रीधर कडेल र सिसहनियाँ निवासी पत्रकार सन्तोषकुमार गुप्ताले अभिनय गरेको तीज गीत ‘काँकरीको झालमा’ बोलको गीत केएसआर मुभी नामक युटुव च्यानलबाट बुधवार सार्वजनिक गरिएको हो ।
गायक हिरा केसी र गायिका बिष्णा वलीको स्वर रहेको सो गीतमा गायक हिरा केसीकै शब्द तथा संगीत समेत रहेको छ । गीतलाई हिरा थापाले एरेन्ज गरेका हुन् । गुडबाइज रेकडिङ स्टुडियोे काठमाडौँमा गीत रेकर्ड गरिएको हो । गीतको भिडियोमा गायक तथा मोडेल श्रीधर कडेल र भालुवाङकी टिकटक स्टार सुस्मिता राना तथा पत्रकार सन्तोषकुमार गुप्ता र पबित्रा कुमालको बिशेष अभिनय रहेको छ । साथै उक्त भिडियोमा केशब भण्डारी र पत्रकार ओमप्रकाश गुप्ता लगायतको अभिनय समेत रहेको छ । उक्त भिडियोको निर्देशन तथा छायांकन प्रकाश बस्नेतले गर्नु भएको हो ।
दाङ देउखुरी स्थीत पाखापानीको उर्वर भूमिमा जन्मिएरे नेपालको अधिकांश भु—भागमा प्रतिनिधित्व गरिसकेका कलाकार श्रीधर कडेललाई स्वदेश तथा विदेशमा रहेका नेपालीले रुचाएका कलाकार भित्र पर्दछन् । स्वरमा मात्र हैन शब्द संगीत र अभिनयमा समेत क्षमता भएका कलाकार कडेलले आधा दर्जन बढी गीतहरु बजारमा ल्याइसकेका छन् । त्यस्तै कडेलसंग मोडलिङ्ग गर्ने सस्मिता राना पछिल्लो समय टिकटकमा छाएकी कलाकार हुन् । रानाले पछिल्लो समय कभर भिडियोहरुमा समेत अभिनय गर्दै आउनुभएको छ ।
सो गीतको छायांकन राप्ती गाउँपालिका—२, कटेसनाला स्थित भण्डारी टोल र पर्यटकीयस्थल हर्षेडाँडा पार्कमा गरिएको थियो ।
हेर्नुहोस् यो भिडियो…
नयाँ तीज गीत ‘काँकरीको झालमा’ सार्वजनिक
नयाँ तीज गीत ‘काँकरीको झालमा’ सार्वजनिक

Advertisement
तपाईको प्रतिक्रिया