उज्जवल गिरीको ‘दाम छैन्’ तिज गीत चर्चामा (भिडियो सहित )

 गुल्मी । गायक उज्जवल गिरीको तिज गीत कोसेली ‘दाम छैन्’ सार्वजनिक भएको छ । तिज पर्व आउन करिब महिना दिन बाँकी समय रहदा गिरीले नयाँ तिज गीत ल्याएका हुन् ।
उनको गीतमा तिजमा खर्च धेरै गर्नुपर्ने तर आफुसँग पैसा नभएको कथा वस्तु रहेको छ । गीतमा चाडपर्व मनाउनको लागि खर्च र नेपालमा अबसर नभइसकेपछि प्रदेशीनु पर्ने कथा उनको गीतमा रहेको छ ।
गीतले आफुमा जे छ त्यसैमा रमाउन सिक्नु पर्छ भन्ने सन्देश प्रवाह गरेको छ । गायक उज्जवल गिरी गायिका अस्मीता डल्लाकोटी, कमल कंडेल, मञ्जु भट्टराईको स्वर रहेको छ ।
उज्जल र कमलको लय शब्द रहेको गीत उज्जवल गिरी नामका युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
गीतको पुरा भिडियो ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...