काठमाण्डौँ। अन्नपूर्ण पोष्ट दैनिकका प्यूठान संवाददाता केशरराज क्षेत्री यूवा तथा खेलकुद मन्त्रालयबाट प्रदान गरिने राष्ट्रिय यूवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । विहिवार मन्त्रालयमा आयोजित सम्मान कार्यक्रममा यूवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले नगद ५० हजार सहित सम्मानपत्रले पुरस्कृत गरे ।
मन्त्रालयले प्रत्येक वर्ष देशभरका यूवा पत्रकारहरुबीच खुल्ला प्रतिस्पर्धाका आधारमा पुरस्कृत गर्ने गर्छ । यसवर्ष देशभरबाट विभिन्न जिल्लाका चार जना पत्रकारहरु पुरस्कृत भएका छन् । क्षेत्री चारजना मध्ये एक नम्वरमा छनौट भएका हुन् । पत्रकारलाई प्रतिस्पर्धाका आधारमा छनौट गरी पुरस्कृत गर्नका लागि मन्त्रालयले यूवा पत्रकारिता पुरस्कार कार्यविधि, ०७५ बनाएको छ ।
क्षेत्री सहित अछामकी मेनुका ढुंगाना, बाजुराका प्रकाश बहादुर सिँह र दाङका विनोद घिमिरे पुरस्कृत भएका छन् ।