गुल्मीमा सडकमै सवारी चालकहरुको स्वास्थ्य परिक्षण

अनिल खत्री, गुल्मी । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले सडकमै सवारी जाँच र चालकहरुको स्वास्थ्य परिक्षण गराएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर ९ स्थित तम्घास रिडी सडकको देउरालीमा ३५ वटा सवारी साधनहरुको चेक जाँच र चालकको स्वास्थ्य परिक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले बताउनुभयो ।
गुल्मी मोडल हस्पिटल, श्रीरामअटो वर्कसप र पाण्डे मोटर पाट्र्स को प्राबिधिक सहयोगमा बस, ट्रक, जिप लगायतका बिभिन्न सवारी साधनहरुमा दक्ष प्राविधिकद्धारा मेकानिकल चेकजाँच तथा चालकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । दुर्घटनाको प्रमुख कारक तत्वमा चालक र सवारी साधानको अबस्था पनि हुने भएकाले सडकमै सवारी साधानहरुको चेकजाँच र चालकहरुको स्वास्थ्य परिक्षण कार्यक्रम राखिएको बताउनुभयो ।
चेकजाँचको क्रममा केहि सवारी साधानको अबस्था मर्मत गर्नुपर्ने भेटिएको थियो । चाकलहरुको स्वास्थ्य परिक्षणको क्रममा पनि केहि चालकहरुको प्रेसर लगायतको समस्या देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
योसँगै ट्राफिक प्रहरी कार्यालय गुल्मीले सडकमै चालक, सहचालक र यात्रुहरुलाई प्रशिक्षण दिने गरेको छ । बढ्दो दुर्घटना न्यूनिकरण गर्न भन्दै प्रहरीले सडकमै चालक, सहचालक, यात्रु र विद्यार्थीहरुलाई राखेर प्रशिक्षण दिँदै आएको छ ।
ट्राफिक प्रहरी जिल्लाको रुरुक्षेत्र, सत्यवती, इस्मा, रेसुङ्गा, मुसिकोट नगरपालिकाका बिभिन्न मुख्य राजमार्गहरुमा चालक, सहचालक, यात्रु तथा स्थानीय र विद्यार्थीहरुलाई राखेर ट्राफिक नियम, दुर्घटना न्यूनिकरण सम्बन्धी जनचेतना मुलक प्रस्तुती दिने गरेका छन् । सडकमै राखेर दूर्घटना हुने बिशेष अबस्थाहरुसँगै सहि तरिकाले सवारी साधानलाई चलाउनु पर्ने जस्ता बिषयमा प्रर्शिक्षण दिँदा प्रभावकारी हुने हुँदा अभियान चालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार नवीन भण्डारीले बताउनुभयो ।
ट्राफिक प्रहरीले प्रर्शिक्षणमा सवारी साधनले सिट क्षमता भन्दा वढी सवारी राख्ने, ओभर लोड बोक्ने, तिब्र गतीमा सवारी चलाउने प्रति लक्षित गरि ट्राफिक प्रहरीले सचेतना दिने गरेका छन् ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...