दाङ । नेकपा एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले अब ठुला दलको औचित्य समाप्त भएको बताएका छन् ।
एकीकृत समाजवादी दाङले पार्टी कार्यालयमा सोमबार आयोजना गरेको विशेष भेलालाई सम्बोधन गर्दै चौधरीले भने, ‘ठुला दलले बदलिदो समयको माग र जनताको मनोविज्ञान बुझ्न सकेनन् । पुरानै चिन्तन र पुरानै मनोविज्ञान बोकेर उनीहरु हिँडिरहेका छन् । तसर्थ अब यिनीहरुको औचित्य समाप्त भइसकेको छ।’
ठुला दलसँग जनतामा जाने कुनै पनि नयाँ कार्यक्रम नभएको आरोप लगाउदै पूर्व मन्त्री समेत रहेका चौधरीले एकीकृत समाजवादी अबको वैकल्पिक शक्ति बन्ने विश्वास व्यक्त गरे ।
‘मैले पहिलेदखि भन्दै आएको छु । पुराना दल र तीनका नेतृत्वका शैलीका कारण यिनीहरुको विकल्प जनताले खोजिरहेका छन् । यिनले जनताका समस्या समेत सुन्न छाडेका छन् ।’ उनले थपे, ‘तत्कालीन एमालेको नेतृत्वबाट पार्टी चल्नै नसक्ने हाम्रो आँकलन अहिले सत्य सावित भएको छ । त्यसकारण नयाँ वैकल्पिक कम्युनिष्ट शक्तिको रुपमा एकीकृत समाजवादीको उज्ज्वल भविष्य छ ।’
चौधरीले नेता कार्यकर्ताहरुलाई जनताका समस्या उठान गर्न समेत निर्देशन दिएका थिए ।
ठुला दलको औचित्य समाप्त ः मेटमणि चौधरी
ठुला दलको औचित्य समाप्त ः मेटमणि चौधरी
Advertisement
तपाईको प्रतिक्रिया