अर्घाखाँची। राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल ट्रेड युनियन महासघं (अन्टुक) अर्घाखाँचीको अध्यक्षमा इन्द्रमणी भुसाल निर्वाचित हुनुभएको छ । सोमबार सन्धिखर्कमा सम्पन्न भेलाले अध्यक्ष भुसालको नेतृत्वमा १३ सदस्यिय जिल्ला समिति गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा उषा बस्नेत,सचिव तुल्सीराम गैरे,सह–सचिव शुरेश आचार्य र कोषाध्यक्षमा बुद्धिराम चुँदाली निर्बिरोध चयन हुनुभएको छ । अन्टुकका केन्द्रिय उपाध्यक्ष गोविन्द वि.सी.ले उद्घाटन गर्नुभएको भेलाले गोपाल प्रसाद भट्टराई,राधा आचार्य,माया आले,रेखा पुन,मिरा क्षेत्री,केशव भुसाल,रेसम रायमाझी र हस्त बहादुर पाण्डेलाई सदस्यमा छनौंट गरेको छ । तुल्सीराम गैरेको अध्यक्षता,राधा आचार्यको स्वागत मन्तव्य र इन्द्रमणी भुसालको संचालनमा सम्पन्न भेलामा अन्टुक केन्द्रिय उपाध्यक्ष गोविन्द वि.सी.,राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सल्लाहकार शेरबहादुर वि.सी.,केन्द्रिय सदस्य यमलाल पोख्रेल,जिल्ला अध्यक्ष थम्मन के.सी. र सचिव बाबुराम पन्थीले मन्तव्य राख्नुभएको थियो । भेलालाई सम्बोधन गर्दै उहाँहरुले वर्गबिहिन समाज निर्माणका लागि मजदुरहरूको एकताको खाँचो औल्याउनुभएको छ । मजदुरको सम्मान नहुँदा सम्म समाजमा समृद्धि नहुने भन्दै श्रम र श्रमिकलाई सम्मान गर्ने निति अगाल्न सरकारलाई आग्रह गर्नुभएको छ ।
अन्टुक अर्घाखाँचीको अध्यक्षमा भुसाल निर्वाचित
अन्टुक अर्घाखाँचीको अध्यक्षमा भुसाल निर्वाचित

Advertisement
तपाईको प्रतिक्रिया