गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडानम्बर २ निवासी क्यान्सर पिडित महिला सुनिता कुमालले सहयोगको याचना गरेकी छन् । ४२ वर्षकी मुखियाको पाठेघरको क्यान्सर भएर हाल चितवनमा उपचार भइरहेको छ ।
क्यान्सका कारण उपचारमा धेरै खर्च लाग्ने भएपछि घरमा अहिले ती महिलाको घरमा बिचल्ली भएको छ । घरमा बस्ने वास र सामान्य एक दुइ महिनालाई पुग्ने खर्च बाहेक अन्य सम्पती उनको छैन् ।
क्यान्सर पिडित सुनिता मुखियाको अप्रेशन गर्न लाग्ने खर्च नहुँदा अहिले छिमेकीहरुले सामान्य रकम उठाएर अस्पतालसम्म पुराएका छन् । तर उनको थप उपचारका लागि धेरै रकम नहुँदा सहयोग गरिदिन उनले आग्रह गरेकी छन् । क्यान्सर पिडित महिलाको श्रीमानको केहि वर्ष अघि रोजगारिको शिलशिलामा भारतमा दुर्घटनामा परेर मृत्यु भएको थियो ।
श्रीमानको मृत्यु पश्चात गाउँघरमा ज्याल मजदुरी गरेर छोरा छोरीको हेरचाहा गर्दै आएकी थिइन् । उनलाई सहयोग गर्नुहुने महानुभावले सुनिता कुमालको साइनरेसुङ्गा बैंकको खाता नम्बर ०२९१२३००३९७८२५०००००२ फोन नम्बर ९८४७१०६३६३मा सम्पर्क गर्न सक्नु हुनेछ ।
पिडित महिलाको अहिले घरमा रहेका छोरालाई खाने खर्च नहुँदा समस्यामा परेका छन् ।
आमा क्यान्सरले अस्पतालमा थला, छोरा भोकै गाउँमा
आमा क्यान्सरले अस्पतालमा थला, छोरा भोकै गाउँमा
Advertisement
तपाईको प्रतिक्रिया