सागर रिजाल,प्युठान । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ऐरावती शाखाको आयोजनामा बिद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । ऐरावती गाउँपालिका-२ स्थित मोती माध्यामिक बिद्यालयमा कक्षा १० मा अध्ययनरत बिद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरिएको बैंकका शाखा प्रबन्धक श्रीधर पोख्रेलले जानकारी दिनुभयो । बिद्यार्थीलाई बैंकका सेवा सुविधा , खाता खोल्ने, मोबाईल बैंकिङ्ग, डिजिटल बैंकिङ्ग लगायत बैंकिङ्ग सम्बन्धी सम्पुर्ण ज्ञानका बारेमा जानकारी दिईएको उहाँले बताउनुभयो । अन्य स्थानमा पनि वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम गरिने उहाँले बताउनुभयो ।
Advertisement