• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ५. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ६. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ९. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • १०. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

बुद्ध सर्किट कुमारवर्ती मन्दिर संरक्षण पर्खाई, आदिमकालका चक्र ढुङ्गा चोरी


  •   शनिबार, फागुन २०, २०७९ मा प्रकाशित
  • रुपन्देही । शान्तिका प्रतीक सिद्धार्थ गौतम भगवान बुद्धको जन्मस्थल रुपन्देहीको लुम्बिनी पर्दछ । बुद्धको मावली रुपन्देहीकै कोलिय राज्य देवदह मानिन्छ । जहाँ बुद्ध सर्किटका धेरै ऐतिहासिक धार्मिक स्थलहरु छन् । जसको संरक्षण स्थानीय बाट भएको छ भने, सरकारी स्तरबाट हुन नसक्दा कतिपय पुरातात्त्विक स्थलहरु अतिक्रमणमा परेका छन, कति आदिमकालका महत्त्वपूर्ण ढुङ्गाहरु चोरी भएको पाईएको छ ।

    Advertisement

    जसको उदाहरण हो, तिलोत्तमा नगरपालिका वडा न-११ मन्द्राहनीमा रहेको कुमारवर्ती मन्दिरका चक्र ढुङ्गा । कुमारवर्तीमा एउटा मन्दिर छ । इट्टाले भित्ता लगाईएको एउटा पुराको कुँवा छ । लामा र गोलाकार चक्र भएका ढुङ्गा छन् । जसलाई स्थानियहरुले सुर्य भगवानको रुपमा पुजा आरधाना गर्ने गरेको वताईएको छ ।

    बुद्धका अविवाहित ७ वटा सानीआमामध्ये एक कुमारवर्ती रहेको स्थानीयहरुको भनाई छ । जहाँ, देवीको पुजा गरिने स्थानीय दुर्गा नेपालले वताईन् । उनले भनिन् मेरो जन्म यहि ठाउँमा भएको हो । मेरो विवाह अन्यत्र भएपनि म यहि ठाउँमा नै आएर वसेको छु । मैले जान्दादेखि यो कुमारवर्ती मन्दिर अत्यन्तै शक्तिशाली मानिन्थ्यो, अहिले पनि मान्दै आएका छौं । जसको दैविय शक्तीले एकपटक यो ठाउँमा पहिले डकैती हुन्थ्यो, डाँकाहरु आउने गर्दथे, एकदिन यो गाउँलाई डाँकाहरुले घेरा हालेर लुटपाट गर्नेगरी आएपछि स्थानीयहरु आत्तिए, रातको समय थियो । भाग्ने स्थिती थिएन्, यो गाउँलाई चारकिल्लामा बाँधिएको छ । स्थानीयहरुले कुमारवर्तीलाई प्राथना गर्दै बचाउन पुकारेको र बाँधिएका किल्लाभन्दा भित्र आउन नसकेर डाँकाहरुबाट यो गाउँ बचेको हो भन्ने कथन सुनाउँदै पछिल्लो समय कुनै निकायबाट यसक्षेत्रको बिकास एवं प्रर्वद्धनका निम्ति चासो नदिदा संरक्षण विहिन जस्तै भएको वताईन्।

    सो स्थानमा तत्कालीन सुचना तथा सञ्चारमन्त्री डा-मिनेन्द्र रिजाल, पुरातत्त्व विभागका प्रतिनिधि, पुरातत्त्व विद् उद्धव घिमिरे, लुम्बिनी विकास कोषका पुरातत्त्व विद् बसन्त बिडारी लगायतले अनुगमन गरिसकेको स्थानिय युवा तथा समाजसेवी मोहनलाल ज्ञवालीले वताए । उनका अनुसार कुमारवर्ती क्षेत्रको संरक्षण र प्रर्वद्धनमा लुम्बिनी विकास कोषले आफ्नो मातहतमा रहेको ऐतिहासिक धार्मिक स्थलप्रति कुनै ध्यान नदिएकोप्रति आक्रोश व्यक्त गरे । उनले थपे, लुम्बिनी विकास कोष धार्मिक अस्तित्वलाई जोगाउने भुमिका भन्दा पनि राजनितिक अस्तित्वलाई जोगाउने प्लेट फर्म बनेको जिकिर गरे ।ज्ञवालीले पुरातात्त्विक स्थलको विकास गर्ने नाममा मेसनरी प्रविधि प्रयोग गर्न मनाही रहेपनि तर लुम्बिनी प्रदेश सरकारबाट प्राप्त बजेटले प्राङ्गण स्थल निर्माण गर्दा जेसिवी लगाइपछि ती ढुङ्गाहरु हराएको जनाए ।

    स्थानिय तथा महिला समुहकी रिता पौडेलले पनि हाम्रो ठाउँमा रहेको गौरबको ऐतिहासिक स्थलको संरक्षण नहुँदा यसको महत्त्व हराउँदै गएकोमा चिन्ता व्यक्त गरिन् । पौडेलले हाल हाम्रो स्थानीय महिला समुहले हेर्दै आएका छौं । शिवरात्रीका वेला पुजापाठ गर्छौ । दैनिक दियो बाल्ने पनि गर्छौ । हामीले छोरीको कन्यादान गर्दा छोराले कन्या भित्र्याउँदा सबैभन्दा पहिले यहाँ ल्याएर मात्रै घरमा विविधत कार्यक्रम शुरु हुन्छ । त्यसो नगरे हानीनोक्सानी हुने जनविश्वास छ । सो गाउँलाई कोटहीमाई, बनकुँवा लगायत नामराखी चारकिल्ला बाँधिएको छ ।

    उसो त सोही मन्दिर संग जोडिएको एउटा ऐतिहासिक पोखरी पनि छ । पुरातत्त्व विभागले उक्त पोखरीमा उत्खनन् गर्नुपर्ने भएकाले कुनै संरचना बनाउन नहुने जनाउँदै पत्राचार गरेपनि तत्कालीन तिलोत्तमा नगरपालिका पूर्वनगरप्रमुख हाल संघीय सांसद वासुदेब घिमिरेले जबर्जस्त पोखरीभित्र वडा कार्यालय बनाए । घिमिरेले कानुनलाई मिचेर दादागिरी शैली देखाउँदै पुरातत्त्व विभागको पत्रलाई समेत लत्याएका थिए । आन्तरिक तथा बाह्य लुम्बिनी आउने विदेशी पर्यटकलाई त्यहाँ भित्र्याउन सके पर्यटकिय स्थलको गन्तव्य बन्न सक्ने स्थानीयहरुको भनाई छ ।

    शनिबार, फागुन २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    भर्खरै

    • १.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • २.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ३.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ४.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ७.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ८.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...