अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाका तिन स्थानीय तहले सोमबार सार्वजनिक बिदा दिएका छन् । भोलि फागुन १५ गते राष्ट्रिय मगर दिवसको अवसरमा जिल्लाको चन्द्रकोट,कालीगण्डकी र सत्यवती गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
तिन वटै स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक विदा दिने निर्णय गरेका हुन् । ति पालिका भित्र जनजातीको बाहुल्यता रहेको र उहाँहरुको आफनै संस्कृति पनि भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएका छन् ।
सार्वजनिक बिदा अनुसार पालिका भित्रका वडा कार्यालयहरु, विद्यालय ,स्वास्थ्य संस्था तथा संघ संस्थाहरु बन्द रहने गाउँपालिकाले जनाएका छन्।
Advertisement