प्यूठान । उद्योग व्यवसाय निश्चित मुनाफा कमाउने क्षेत्र भए पनि सामाजिक क्षेत्रमा समेत लगानी गर्न प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । प्यूठान उद्योग बाणिज्य संघले आज संघको सचिवालय खलंगामा गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले समस्यामा परेकाहरलाई राहत उपलब्ध गराउने गरी सामाजिक क्षेत्रमा समेत सहयोग गर्न आग्रह गर्नुभएको हो ।
नवआगन्तुक प्रमुख जिल्ला अधिकारी अर्यालले आईपर्ने समस्याको सरोकारवालाहरुसँगको समन्वयमा समाधानका उपाए खोजिने उल्लेख गर्नुभयो । उद्योगी व्यवसायीहरुको उन्नती र प्रगतिले नै देशको उन्नती प्रगति गर्न सक्ने भएकाले व्यवसायीहरुको समस्या समाधानमा ध्यान दिने उहाँको भनाई थियो ।
महोत्सवको सन्भर्द जोड्दै उहाँले लेखनाथ उद्योग बाणिज्य संघबाट सुरुवात भएको महोत्सवले स्थानीय कला संस्कृति, परम्परा, पर्यटन, व्यापार तथा उद्योग प्रवद्र्धनमा टेवा पुग्ने उहाँले बताउनुभयो ।
स्वागत ग्रहण गर्दै जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक सुवाश खड्काले जिल्लाका चोरीका घटनाहरु भन्दा हल्ला धेरै भएको भन्दै समस्या समाधानका लागि आफुहरु तयार रहेको बताउनुभयो ।
नवआगन्तुक प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरिक्षकलाई प्यूठान उद्योग बाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीले स्वागत गर्नुभएको हो । कार्यक्रममा जिल्लाको समग्र विकास निर्माण सहित स्वागत मन्तव्य संघका पूर्व अध्यक्ष इमानसिंह भारतीले राख्नुभएको थियो । बाग्दुलाको बाटो र जिल्लामा पाठ्यपुस्तकको समस्याका बारेमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्यूठानका अध्यक्ष सुवासचन्द्र भण्डारीले राख्नुभएको थियो ।
संघको बैठक हलमा आयोजना गरिएको कार्यक्रममा संघका पदाधिकारी, पूर्व अध्यक्ष, सल्लाहकार, बस्तुगत तथा एशोसियट सदस्य, उद्योग, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
नाफासँगै सामाजिक क्षेत्रमा पनि लगानी गर्न प्रजिअ अर्यालको आग्रह
नाफासँगै सामाजिक क्षेत्रमा पनि लगानी गर्न प्रजिअ अर्यालको आग्रह
![](https://kamanadaily.com/wp-content/uploads/2023/02/received_763960901341629.jpeg)
Advertisement
तपाईको प्रतिक्रिया