• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, मङि्सर २३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

लोकप्रिय समाचार

  • १. प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

  • २. २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

  • ३. एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

  • ४. राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

  • ५. क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

  • ६. दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

  • ७. गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

  • ८. गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल

  • ९. नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

  • १०. सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू

२२ औं सशस्त्र प्रहरी दिवस : कपिलवस्तुमा बिबिध कार्यक्रम


  •   सोमबार, माघ ०९, २०७९ मा प्रकाशित
  • कपिलवस्तु । सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही, चन्द्रौटा कपिलवस्तुमा बिविध कार्यक्रम गरी “२२ औं सशस्त्र प्रहरी दिवस २०७९” बिबिध कार्यक्रम गरेर मनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयका निमित्त बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक दिग बिजय सुबेदीको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी दिवस सम्पन्न भएको हो ।
    त्यस अवसरमा बिभिन्न सामाजिक कार्यक्रमहरुको समेत आयोजना गरिएको थियो । कार्यक्रमको पूर्व सन्ध्यामा बाहिनीबाट कपिलवस्तु शिवराज न.पा. ५ स्थित दुर्गा मन्दिर र ३ स्थित स्वर्गद्वारी मन्दिर परिसर सरसफाई गरिएको थियो ।
    त्यस्तै “२२ औं सशस्त्र प्रहरी दिवस २०७९” को उपलक्ष्यमा नेपाल रेडक्रस सोसाईटि बुटवलसंग समन्वय गरी माघ ८ गते सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको र उक्त कार्यक्रममा ५६ जना सशस्त्र प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए ।
    त्यस्तै माघ ८ गते सशस्त्र प्रहरी बल नेपालका राष्ट्र सेवक कर्मचारीहरुका परिवार तथा अवकास प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु, विरगति प्राप्त अमर सशस्त्र प्रहरी कर्मचारीहरुका परिवारजनहरुका लागि मध्य पश्चिम क्षेत्रिय सशस्त्र प्रहरी बल नेपाल अस्पताल नौवस्ता बाँकेको समन्वयमा कोहलपुर स्थित सशस्त्र प्रहरी क्षेत्रिय स्कुलमा स्वास्थ्य शिविर संचालन गरिएको थियो । उक्त शिविरमा १२२ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।
    विविध कार्यक्रम गरी हर्सोल्लासका साथ सशस्त्र प्रहरी दिवस मनाउने क्रममा यस बाहिनीमा व्याडमिन्टन, १०० मिटर र ३०० मिटर दौड, म्युजिकल चियर जस्ता बिभिन्न खेलकुदहरुको आयोजना गरि खेलहरु संचालन गरिएको थियो । ​विशेष कार्यक्रम निमित्त बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक दिगबिजय सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
    उक्त कार्यक्रममा वीरगति प्राप्त गर्ने अमर सशस्त्र प्रहरीको सम्झनामा श्रद्धान्जली अर्पण गरी सशस्त्र प्रहरी सहिद स्मारकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरि वीरगति प्राप्त गरेका अमर सशस्त्र प्रहरीका परिवारहरुलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो। उक्त अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनीबाट गरिएको निरीक्षणमा उत्कृष्ट हुने ईकाईहरुलाई प्रशंसा पत्र प्रदान, बाहिनी तथा मातहत कार्यालयमा बिभिन्न क्षेत्रहरु स्टाप डिउटी, अप्रेशनल कार्य, बिपद् उद्धारहरुमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप प्रसंशा पत्र प्रदान गरिएको थियो ।
    “२२ औं सशस्त्र प्रहरी दिवस २०७९” को उपलक्ष्यमा यस बाहिनीमा आयोजना गरिएको रक्तदान गर्ने सशस्त्र प्रहरी कर्मचारीहरु लगायत व्याडमिन्टन, १०० मिटर र ३०० मिटर दौड, म्युजिकल चियर जस्ता खेलकुदहरुमा प्रथम स्थान हासिल गर्न सफल हुनु भएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो ।
    त्यसैगरी सशस्त्र प्रहरी बल नेपालको सामिप्यतामा रहि विभिन्न तवरले सहयोग गर्ने समाजसेवि महानुभावहरुलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट प्रदान गरिएको कदर पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा अमर सशस्त्र प्रहरी कर्मचारीहरुका परिवारजन, भु.पु. सशस्त्र प्रहरी कर्मचारी, विभिन्न तवरले सशस्त्र प्रहरी बल, नेपाललाई सहयोग पुर्‍याउनु हुने समाजसेवि, पत्रकार लगायत बाहिनी मुख्यालयमा कार्यरत सिनियर अधिकृत, जुनियर अधिरकृत तथा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको समुपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
    कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालको “२२औं वार्षिकोत्सवका अवसरमा संगठन प्रमुख सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्याल ज्यूबाट प्रेषित शुभकामना सन्देश सशस्त्र प्रहरी उपरिक्षक गोपाल प्रसाद श्रेष्ठले वाचन गरि सुनाईएका थिए ।
    प्रमुख अतिथि बाहिनीका निमित्त बाहिनीपतिले उपस्थित सम्पुर्ण राष्ट्रसेवक कर्मचारी, अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी लगाएत सम्पुर्ण सशस्त्र प्रहरी कमर्चारीहरुलाई सशस्त्र प्रहरी दिवशको अवसरमा शुभकामना व्यक्त गरे ।
    कर्तव्यपालनकै शिलशिलामा घाईते तथा अंगभंग हुनु भएका राष्ट्रसेवकहरुमा शिघ्र स्वास्थ्य लाभको कामना समेत गरे । साथै सीमा सुरक्षार्थ वोर्डर आउट पोष्टहरुको तिव्र रुपमा स्थापना, लागुऔषधहरुको ठुलो परिमाणमा बरामद, अवैध हात-हतियारहरु बरामद, अवैध चोरी निकासी/पैठारी नियन्त्रण गरी राजस्व दाखिला, समाज तथा राष्ट्रमा हुनसक्ने अवैध तथा हिंसात्मक कृयाकलापहरुको सुक्ष्म निगरानी गरी नियन्त्रण गर्ने, विपद् प्रकोपमा उद्धार तथा व्यवस्थापन जस्ता कार्यहरुलाई उच्च प्रथामिकतामा राख्न निर्देशन समेत दिए ।

    Advertisement

    सोमबार, माघ ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    सफा बस्ती, पुरस्कारको अवसर-खुङ्गमा सरसफाइमा प्रतिस्पर्धा
    दुःखमा हात बढाउने गाउँ
    आमाको सम्झनामा वडाबासीको न्यूनतम विद्युत् महसुल अध्यक्ष पोख्रेलले व्यहोर्ने
    सापडाडाका अशक्त दिलिपलाई घरमै पुगेर नागरिकता

    लोकप्रिय

    • १.
      प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

    • २.
      २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

    • ३.
      एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य

    • ४.
      राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

    • ५.
      क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

    • ६.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    भर्खरै

    • १.
      काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

    • २.
      एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

    • ३.
      नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

    • ४.
      ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

    • ५.
      राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

    • ६.
      सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

    • ७.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    • ८.
      चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...