गुल्मीमा फरक क्षमताका विद्यार्थीले पाए न्यानो कपडा

अनिल खत्री, गुल्मी । लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले फरक क्षमताका विद्यार्थीले अध्ययन गर्दै आएको विद्यालयमा न्यानो कपडा वितरण गरेको छ । प्रतिष्ठान गुल्मी शाखाले सातौं जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा बिहिवार जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–९ उपल्लो तम्घास माध्यमिक विद्यालयमा फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए ।
प्रतिष्ठान गुल्मीले यहिँ मंसिर २९ गते देखि पुस २ गतेसम्म बिभिन्न रचनात्मक कार्यक्रम गरेर संस्थाको सातौं जिल्ला अधिवेशन गर्न लागेको छ । अधिवेशनको अबसरमा मंसिर २९ गते उपल्लो तम्घास माध्यमिक विद्यालयमा फरक क्षमताका २३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।
चिसो बढेसँगै फरक क्षमताका विद्यार्थीलाई सहयोग स्वरुप एक कार्यक्रमका बिच गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरीप्रसाद गैरेले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् अधिवेशनको पुस २ गते हुने मञ्चको कार्यक्रममा राष्ट्रिय कलाकारसँगै बिभिन्न व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम राखिएको प्रतिष्ठान गुल्मीले जनाएको छ ।
प्रतिष्ठान गुल्मीले अधिवेशनको अबसरमा उत्कृष्ट पत्रकार सम्मान, उत्कृष्ट कार्यसमिति सम्मान र संस्थालाई सहयोग गर्ने व्यक्तिलाई पनि सम्मान गर्ने कार्यक्रम राखिएको प्रतिष्ठान गुल्मीका अध्यक्ष बसन्त खत्रीले बताए । अधिवेशनको तयारी स्वरुप बिभिन्न समिति बनाएर काम अगाडी बढाइएको छ ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले कला संस्कृतिको संरक्षणसँगै बिभिन्न सामाजिक कार्यमा पनि सक्रिय रहेको छ । प्रतिष्ठान गुल्मीले अधिवेशनको अबसरमा नयाँ कलाकारलाई पोत्साहन स्वरुप ०७१ सालबाट गुल्मी लोक तारा सञ्चालन गर्दै आएको थियो ।
तर यसपटक बिबिध कारणले त्यो कार्यक्रम गर्न नसकिएको जनाएको छ ।

 

 

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...