प्युठान। विवाहको भोज खाएका प्युठान नगरपालिका -६ माझकोटका ४६ जना जन्ती बिरामी परेका छन् । मंसिर १७ गते शनिबार बगनासकाली गाउँपालिका–१, चिर्तुङधारा घोरबन्दास्थित दानबहादुर गाहाको छोरीको बिहेमा भोजमा सहभागी एउटै गाउका ४५ स्थानिय बिरामी भएको वडाअध्यक्ष नरेन्द्र पुन मगरले जानकारी दिए । ‘जन्ति गएका ४८ मध्ये तीनजना बाहेक लगभग सबै बिरामी छन’ उनले भने, ‘बेहुला र बेहुली पनि बिरामी छन।’
Advertisement
उनीहरुमा ज्वरो, पखाला र वान्ता लाग्ने समस्या देखिएपछि सबैलाई सोमबार साझ उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ । बिरामी परेकाहरु सबैको अवस्था सामान्य छ ।