अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले घरमै गएर अपाङ्गता परिचयपत्र प्रदान गरेको छ । रेसुङ्गा नगरपालिकाको वडानम्बर-१४ रातामाटाकी ४८ वर्षकी पूणर् अशक्त पुनीकला आचार्यलाई घरमै पुगेर ‘क’ वर्गको अपाङ्गता परिचयपत्र प्रदान गरिएको हो ।
आचार्यलाई गत जेठ १५ गते जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले घरमै पुगेर नागरिता प्रदान गरेका थिए । नागरिता बिहिन भएकी आचार्यलाई नागरिता नभएकै कारण सरकारबाट पाउने सेवा सुबिधाबाट बञ्चीत भएकी थिइन् ।
उनको नागरिता बनेपछि ‘क’ वर्गको अपाङ्गता परिचयपत्र बनेको छ । आचार्यलाई रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले घरमै पुगेर अपाङ्गता परिचयपत्र प्रदान गरेका हुन् ।
अपाङ्गता परिचयपत्र प्रदान गर्दै रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी कुनै पनि नागरिकहरु राज्यको सेवा सुबिधा लिनबाट बञ्चीत नहोउन भन्ने उदेश्यले पूणर् अशक्त पुनीकला आचार्यलाई घरमै पुगेर ‘क’ वर्गको अपाङ्गता परिचयपत्र प्रदान गरिएको बताए । नागरिकहरुले स्थानीय सरकारको अनुभूती घरमै गरुन भन्ने उदेश्यले अपाङ्गता, अशक्त, बेसाहारा, विपन्न घरघरमै सेवा प्रदान गर्न थालिएको पन्थीले बताए ।
स्थानीय सरकार सबैको भएकाले अपाङ्गता, अशक्त, बेसाहारा, विपन्न सबैको साथमा रहेको पन्थीले बताए । अपांग, अशक्त, असहाय, दिन दुखीको पक्षका काम गर्ने नगरको निति अनुसारको कार्य गर्ने नगर प्रमुख पन्थीले बताए ।
अपांग, अशक्त, असहाय, गरिब, दिन दुखी जस्ता भुइँमान्छेले पनिस्थानीय सरकार भनी गर्व महशुस गर्ने रेसुङ्गा नगर सरकार बनाउने दृढ अठोटमा काम अगाडी बढाइएको पन्थीको भनाई छ । आचार्य एक्कासी बिरामी परेपछि थलिदै गएर पूणर् रुपमा अशक्त बनेको परिवारले जनाएको छ ।
उनि अहिले बिस्तारामै दिसा पिसाव गर्ने अबस्थामा रहेकी छन् । उनि आफनी आमा ७० वर्षकी खिमा पुनसँगको हेरचाहमा रहेकी छन् ।
घरमा अन्य कोही नभएकाले बृद्ध आमाको साहारामा पूणर् रुपमा अशक्त आचार्यको हेरचाह हुँदै आएको छ । घरमै आएर अपाङ्गता परिचयपत्र प्रदान गरेकोमा अपाङ्गता पुनीकलाकी आमाले ढिलै भए पनि स्थानीय सरकारको अनुभुती पाएको बताइन् ।
अपाङ्गता परिचयपत्र प्राप्तसँगै उनले राज्यबाट प्राप्त हुने सेवा सुबिधा पाउन सहज हुने भएको छ । कम्जोर आर्थिक अवस्थासँगै बृद्ध आमाको हेरचाहामा रहदै आएकी पुनीकलालाई अपाङ्गता परिचयपत्रबाट राज्यले प्रदान गर्ने भत्ताले ठूलो राहत हुनेभएको छ ।
आचार्य २०६७ सालदेखि बिस्तरामै पल्टिएर जिवन काट्दै आएकी छन् । जन्मजात अशक्त भए पनि उनि ०६७ सालसम्म हिँडडुल गर्ने गर्दथिइन् ।
