रूपन्देही । रोल्पाको माडी गाँउपालिकामा विभत्स रुपमा श्रीमानश्रीमति मृत अवस्थामा भेटिएका छन् । वडा न. ३ तालाबाङ श्रीमान÷श्रीमतीकाे शरिरमा काटिएकाे विभत्स दृश्यले हत्या गरिएको अाशंका गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले गरेकाे छ । परिवर्तन गाउँपालिका वडा न.२, राङसीका दुर्गाबहादुर पुन र उनकी श्रीमती पार्बती मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।
घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक बिनोद घिमिरे र ईलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरिक्षक देबराज भट्राईको टोली घटना स्थल पुगेर घटनाको अनुसन्धान गरि रहेको छ । घटनाको प्रकृती हेर्दा घटना राती भएकोे हुन सक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान गर्नको लागी कोहरपुरबाट तालिम प्राप्त कुकुर बोलाइएको छ । काठमाडौँ इटाभट्टामा काम गर्दा बिहे गरेर रोल्पा आइ तालावाङस्थित जयलाल डाँगीको घरमा मजदुरी गर्दै आएका थिए ।
राेल्पाकाे राङ्सीमा श्रीमानश्रीमतीकाे हत्या
राेल्पाकाे राङ्सीमा श्रीमानश्रीमतीकाे हत्या

Advertisement
तपाईको प्रतिक्रिया