• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ४. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

लमही नगरपालिकामा ६७ प्रतिशत खर्च,  ३३ प्रतिशत राजस्व सँकलन


  •   बिहिबार, साउन १२, २०७९ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । लमही नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ मा कुल बजेटको जम्मा ६७.४६ प्रतिसत रकम खर्च गर्न सफल भएको छ ।

    Advertisement

    आर्थिक बर्ष २०७८/०७९ मा चालू र पुंजिगत गरि कुल बजेट १ अर्ब १५ करोड ५२ लाख १७ हजार मध्यबाट ७७ करोड ९३ लाख २७ हजार ७ सय २४ रूपैया ४ पैशा खर्च गर्न सफल भएको हो ।
    पालिकाले ७८/७९ को चालू र पुँजिगत गरि कुल बजेट मध्यबाट ३८ करोड, ५८ लाख, ८९ हजार, २ सय ७५ रूपैया ९६ पैशा भने खर्च गर्न सकेन । खर्च गर्न नसक्दा कुल बजेटको ३२.५४ प्रतिसत रकम फ्रिज भएको छ ।

    लमही नगरपालिकाले बिहिबार आयोजना गरेको सार्बजनिक सुनुवाई कार्यक्रममा बार्षिक प्रगती बिवरण प्रस्तुत गर्दै प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले १० करोड ८८ लाख, ७९ हजार ९ सय ९१ रूपैया ६२ पैशा राजस्व सँकलन भएको जानकारी दिए ।
    नगरपालिकाले लक्ष्यको जम्मा ३३.१६ प्रतिसत मात्र राजस्व संकलन गरेको छ । पालिकाले ३२ करोड ८३ लाख, ५० हजार राजस्व सँकलन गर्ने लक्ष्य लिएपनि २१ करोड, ९४ लाख, ७० हजार, ८ रूपैया ३८ पैशा रकम सँकलन गर्न सकेन । लक्ष्यको ६६.८४ रकम राजस्व सँकलन गर्नबाट नगरपालिका चुकेको छ ।

    लमही नगरपालिकाले भुमिहिन तथा अब्यबस्थित बसोबासी हरुलाई जग्गा बितरण गर्न नसक्दा लक्ष्य अनुसारको सतप्रतिसत राजस्व सँकलनमा चुकेको हो । नगरपालिकाले सबैभन्दा बढी ‘लगत संकलन भुमिहिन तथा अब्यबस्थित बसोबास जग्गा बितरण’ बाट मात्र १३ करोड, ४० लाख रूपैया राजस्व सँकलन गर्ने लक्ष्य लिएको थियो । तर जग्गा बितरण गर्न नसक्दा नगरपालिका लक्ष्यमा पुग्न भने सकेन ।

    कार्यक्रममा अधिकाँस बक्ताले योजना सुरवाती क्षणदेखी भुक्तानी सम्ममा कठिनाई रहेको भन्दै आक्रोश पोखेका थिए । टोलबिकास सँस्था मार्फत हुने योजनाहरुको भुक्तानीमा समस्या देखिएको हो । नगरपालिकामा अहिले पनि सम्पन्न भईसकेका र भुक्तानी हुन बाँकी रहेका करिब ६० वटा योजना हरुको फाईल थन्किएका छन । ती मध्य अधिकाँस फाईलहरु टोल बिकास सँस्था मार्फत सम्पन्न भएका योजनाहरु हुन ।

    प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले लेखा परिक्षकको सरबरले काम नगर्दा समयमै चेक काट्न नसकिएको र नया खाता अपडेट भईसकेपछि बाँकी योजनाहरुको भुक्तानी गरिने जानकारी दिए । उनले सम्भब त यही साउन महिना भित्रमा भुक्तानी गर्न आफुहरु लागिपरेको बताए ।

    कार्यक्रममा नगरबासीले कृषि, भुमी, योजना, न्यायिक समिती, पशु शाखा, योजना भुक्तानी, मुस्कान सहितको सेवा, अनुगमन, नागरिक्ता सिफारिस, लगायतका याबत बिषयमा प्रश्न उठाएका थीए ।
    कार्यक्रममा नगरबासीले राखेका जिज्ञासा मेटाउदै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी र प्रमुख प्रशासकिय अधिकृतले समग्रमा लमही नगरपालिका समृद्द उन्मुख रहेको बताए । नगरबासीको सुझाबलाई आत्मसात गर्दै आगामी बर्षमा अझै सक्रिय रुपमा प्रस्तुत हुने प्रतिबद्दता ब्यक्त गरे ।

    योजना सम्झौता र निकासामा झन्झटिलो भएको नगरबासीको गुणासा प्रती उनिहरुले अबको योजना समयमै सम्पन्न गर्नका निम्ति उपभोक्ताले पनि समयमै सम्झौता गरेर काम गर्नुपर्ने बताए । नगरबासीका गुणासा र सुझाबलाई आत्मसात गर्दै सोही अनुरुप अबको योजना तथा कार्यक्रम सम्पन्न गर्ने पनि बताए ।
    कार्यक्रमको सहजिकरण पत्रकार किरण बिक्रम शाहले गरेका थिए ।

    बिहिबार, साउन १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह
    दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू
    गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल
    राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान
    गुल्मीका ३२ उत्कृष्ट उद्यमी सम्मानित, ८ जनाले पाए नगद पुरस्कार
    भैसवा खोलामा पक्की पुल निर्माण सुरु,

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ४.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...