कामनाडेली, प्यूठान। प्यूठानी लोक तथा दोहोरी गायक झलक संगितमको नयां तिज गीत बजारमा आएको छ।
कृष्णा परियार र बालगायक सुप्रिम मल्लको आवाजमा “सिन्दुर” बोलको तिज गीत बजारमा आएको हो ।
उक्त गीतमा एकल महिलाको पिडालाई चित्रण गर्ने प्रयास गरिएको छ । २०७२ सालको महाभुकम्पमा परि श्रीमानको मृत्यु पछि परिवार सञ्चालनमा देखा परेको समस्यालाई गीतमा प्रस्तुत गरिएको छ ।
यश गीतको शब्द कृष्ण मल्ल ठकुरीले लेखेका हुन भने सङ्गीत झलक सङ्गितमले भरेका छन ।भिडियोमा कृष्णा परियार र सुप्रिम मल्लकोे अभिनय देख्न सकिन्छ । बिरेन्द्र परियारको छायांकन र विशाल बैरागीको निर्देशनमा भिडियो तयार भएको हो। भिडियो रेकर्डिङ रेम सुनारले गरेका छन भने प्रकाश परियारले सम्पादन रहेको छ ।
Advertisement