बिमल प्रसाद पाेख्रेल, प्युठान। प्युठानको झिमरुक गाउँपालिका -२ कासीपोखराका तीन दाजुभाइले आफ्नी दिवगंत आमाको वार्षिक पुण्यतिथिको अबसर पारेर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।
आमा डिलकुमारी पाेख्रेलकाे बार्षिक पुण्यतिथिको अवसर पारेर उनका छोराहरु रामप्रसाद पाेख्रेल,कृष्ण प्रसाद पाेख्रेल र सुबास पाेख्रेलले स्थानिय बलभद्र माध्यमिक बिधालय बादिकाेट सिलिङ्गेमा ५० हजार रुपैयाकाे अक्षयकोष स्थापना गरेका हुन।
अक्षयकोषबाट बुवा आमा गुमाएका अभिभावक बिहिन जेहेन्दार विद्यार्थीहरुलाइ प्रोत्साहन गर्न भन्दै बिधालयका प्रधानाध्यापक सेरबहादुर थापालाई अक्षयकोषका लागि रकम उपलब्ध गराएकाे माईलाे छाेरा कृष्ण प्रसाद पाेख्रेलले बताए ।
कृष्ण हालै सकिएकाे स्थानिय निर्वाचनमा झिमरुक -२ मा नेपाली काङ्ग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचीत भएका हुन।
असाहय बालबालिकालाई प्राेत्साहन गर्न बिद्यालयमा छुट्टै कार्यबिधी बनाईने समेत जेठाे छाेरा रामप्रसाद पाेख्रेलले सुनाए ।
डिलकुमारीको गत बर्ष जेठमा ५४ बर्षकाे उमेरमा काेभिडका कारण मृत्यु भएकाे थियो ।
वडाअध्यक्षद्वारा बिद्यालयमा अक्षयकोष स्थापना
वडाअध्यक्षद्वारा बिद्यालयमा अक्षयकोष स्थापना
Advertisement
तपाईको प्रतिक्रिया