• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ७. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ८. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ९. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • १०. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

मन्त्री चौधरीलाई सुझावः ४ सयको स्पिडमा बाइक कुदाउँदा दुर्घटनामा नपर्नुहोला!


  •   सोमबार, असार १३, २०७९ मा प्रकाशित
  • चन्द्रकान्त न्यौपाने

    Advertisement

    काठमाडौं । नेकपा (एकिकृत समाजवादी) पार्टीबाट भर्खरै सहरी विकास मन्त्रीको पद पड्काएका दाङ क्षेत्र नम्बर-१ का सांसद मेटमणी चौधरीले सोमबार पदभार ग्रहणका क्रममा भने ‘म होण्डा बाइक होइन, स्पोर्टस् बाइक हुँ। सबैभन्दा बढीको स्पीड थ्री हण्ड्रेड, फोर हण्ड्रेडको स्पीडमा हिँड्छु। होण्डा र स्पोर्टस् मोटरसाइकलको गति एउटै हुँदैन। मेरो कामको गति होण्डाको जस्तो हुँदैन। सबैभन्दा स्पीडमा हिँड्छु।’

    उसो त मन्त्रीको आश्वासन पाएर सपथको लागि दुई साता अगाडी नै दौरा सुरुवाल र कोटपाइन्ट टल्काएर ठिक्क परी बल्ल बल्ल मन्त्रीको सपथ पाएका तपाईंले पनि साना कुरा गर्न त भएनन् नि होइन र? यस अर्थमा तपाईँले जे भन्नुभयोे त्यो ठिक छ।

    मन्त्री चौधरीले भनेजस्तै होण्डा बाइकको गति र स्पोर्टस् बाइकको गति एउटै हुँदैन। होण्डा बाइक समतल भूभागमा मात्र गुड्न सक्छ भने स्पोट्स बाइक पहाडका टाकुरीसम्म पनि गुड्न सक्छ। त्यसैले आफूलाई स्पोट्स बाइक भन्नुभएको होला। उसो त कुनै नयाँ पदमा पुग्दा खुसीले बुकुर्सी मारेर जस्तोसुकै चमत्कारको कुरा गर्ने संस्कृति प्रधानमन्त्री, मन्त्री, सांसद, मेयर र नेतामा छ।

    तर,तपाइँले आफूलाई स्पोर्टस् ‘बाइक’ भनिरहँदा एउटा कुरा भने पटक्कै ख्याल राख्नु भएन मन्त्री ज्यू। तिन/चार सयको स्पिडमा तपाई कुद्ने गुणस्तर र मापदण्ड भएको यहाँको बाटो छ कि छैन? कि जताततै खाल्डाखुल्डी मात्रै छन्? अथवा ठिकठाक र समतल छन् कि बिग्रेका, भत्केका छन्। यस्तो अवस्थामा बाइकको गति ३/४ सय बनाएर कुदाउँदा कतै दुर्घटनामा त परिँदैन? यसरी कुद्धा बाइकको ब्रेक नै फेल भएर कतै खाल्डामा गइने त होइन। ओभर स्पिडमा कुद्धा कतै कच्याककुचुक नै भइने त होइन? भए के गर्नुहुन्छ मन्त्री चौधरी ज्यू?

    त्यसैले मन्त्री चौधरी ज्यू अब तपाइँ स्पोट्स होइन होण्डाबाइक नै भएर सुस्तरी काम गर्नुहुन्छ कि? एउटा प्रचलित भनाई छ नि मन्त्री ज्यू ‘बिस्तारै गए पुगिन्छ हतार गरे भन्न सकिन्न’। हुन पनि हो। हतार गरेर गरेको काममा धेरै त्रुटी हुन्छन्।

    बरु ढिला गर्ने तर गरेका काममा कहिँ कतै पनि खोट नआओस्। मन्त्री पाएकै आवेगमा सडकको अवस्था ख्याल नै नगरी ४ सयको स्पिडमा कुद्दा बिस्तारै गए पुगिन्छ हतार गरे भन्न सकिन्न भन्ने अवस्थामा त गइने होइन?

    अर्कोतर्फ मन्त्री चौधरी ज्यू, मुलुकमा मंसिरसम्म संघ र प्रदेशको निर्वाचन गर्नु पर्ने बाध्यात्मक अवस्था छ। त्यसैले पनि तपाईँ बढीमा अबको ६ महिनाको मन्त्री हो। त्यसपछि कसको सरकार आउने हो थाहा छैन। यदि चुनावसम्मै गठबन्धन कायम भई एमालेलाई पराजित गर्न सक्नुभएछ भने र अहिलेको मन्त्री पदको तपाईले राम्रै सदुपयोग गर्नुभएछ भने त फेरि पनि मन्त्री पद पाउनुहोला, होइन भने तपाईँ ‘सिजनल मन्त्री’मा सिमित हुनुहुने छ।

    त्यसैले तपाईँ स्पोर्टस् होइन होण्डा बाइक बन्नु हुन्छ कि ? सिजनल मन्त्री भएकाले स्पोट्स् बाइक भएर उकालो र हिमाल चढ्न लागेको बेला तपाईँ बाध्य भएर ब्याक हुनुपर्ने अवस्था आउँछ नै आउँछ। त्यसैले तपाई स्पोट्स नभई होण्डा बाइक नै हुनुपर्दछ। अर्कोतर्फ यो महंगीमा स्पोट्स्ले भन्दा होण्डा ले नै बढी माइलेज देला नि मन्त्री ज्यू।

    मन्त्री चौधरी ज्यू, तपाईको इमान्दारिताको बारेमा सायदैले प्रश्न गर्लान्। तपाई चौधरी बाहुल्यता भएको दाङको धर्ती पुत्र हो। तर,आफ्नो बाटोघाटोको स्थिति नहेरी खाल्डा खुल्डीमै चार सयको स्पिडमा बाइक कुदाउन थाल्नु भयो भने चाहिँ तपाईको इमान्दारिता पनि त्यही खाल्डोमै जाकिनेमा दुई मत छैन।

    त्यसैले चिप्लने गरी बाइक नकुदाउँदा नै यहाँलाई हित हुन्छ कि! यस अर्थमा स्पोर्टस्  बाइक नभएर होण्डा नै बाइक भएर कुद्धा तपाइले तपाईँको लक्ष्य र गन्तव्य चाँडै भेट्याउनु हुने छ। यदि गन्तव्य नै नभेटे पनि तपाई लड्नबाट भने जोगिनु हुने छ।

    यहाँले कुद्छु भन्नुभएको ठिकै छ तर दुर्घटना हुने गरी नकुद्नु होला। अगाडी हिँड्दा पाइला फुकीफुकी हिँड्नु होला। यहाँ त सडक मात्र होइन मानिसको मानसिकता पनि फोहरले जाम भएको कहालिलाग्दो स्थिति छ। कर्मचारीका दिमागमा पनि फोहोरी खाल्डा छन्।

    त्यहाँ नै तपाइँले आफ्नो होण्डा बाइक कुदाउनु पर्ने छ। बषेैँदेखिको कसिंगरले जाम भएर कट्कटिएका बाटामा स्पोर्टस् बाइक भन्दा होण्डा नै कुदाउन सजिलो हुन्छ कि नव नियुक्त सहरी विकास मन्त्री चौधरी ज्यू, सुझाव मात्र।                                         – चन्द्रकान्त न्यौपाने पत्रकार हुन।

    सोमबार, असार १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation