दाङ । दाङको कोइलावास स्थित नेपाल–भारत सीतावर्ती क्षेत्रमा दुई नेपाली युवतीमाथि सामुहिक बलात्कार भएको छ । आइतबार बिहान करिब ११ बजे भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्राका दुई युवतीमाथि केही भारतीय युवाहरुले सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
६ जना युवती नेपालबाट भारतको मनिपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको दक्षिण तर्फको जंगलमा भारतीय युवाहरुको समुहले दुई जनामाथि बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो। अन्य चार जनालाई भने धम्काउदै सरसामान पनि लुटपाट गरिएको छ । आफूमाथि बलात्कार भएको भन्दै पीडितहरु प्रहरीको सम्पर्कमा आएका थिए ।
घटना स्थल भारतीय भूमि भएकाले उत्त घटना भारतीय प्रहरीले हेरिरहेको डिएसपी रिजालले बताउनुभयो । डिएसपी रिजालका अनुसार पीडितले भारतीय प्रहरीमा जोहेरी दिएका छन् । सोक्रममा भारतीय प्रहरीले चारजना पक्राउ गरेको जानकारी आएको डिएसपी रिजालले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।