बिद्यार्थीलाई दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

जनक पन्थ, गुल्मी । बालयौन दुव्र्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर-३ थानपती स्थित प्रतिभा आधारभूत विद्यालयका अारोपित शिक्षक रामहरी ज्ञवालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताउनु भयो ।
प्रतिभा आधारभूत विद्यालयको कक्षा ३ मा अध्ययनरत आफ्नै बिद्यार्थी उपर बिद्यालय समयमा यौनजन्य अस्वाभाविक कार्य गरेको आरोपमा पक्राउ गरेको प्रहरी जनाएको छ । शिक्षकले बिद्यालय समयमा आफूहरुलाई बालयौन दुव्र्यवहार गरेको गुनासो छात्राले अभिभावकलाई बताएकी थिईन् ।
अभिभावकले प्रहरीकोमा बालयौन दुव्र्यवहार गरेको जाहेरी प्रहरी कार्यालयमा दिएपछि आरोपित शिक्षकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको (डिएसपी)खरेलले बताउनु भयो । बालयौन दुव्र्यवहार आरोपमा पक्राउ परेका शिक्षकलाई बालयौन दुरुपयोग सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
छात्रालाई बालयौन दुव्र्यवहार गरेको आरोप शिक्षकलाई लागेपछि घटनाको यर्थात् बुझ्न विद्यालय ब्याबस्थापन समिति,प्रधानध्यापक,केहि जनप्रतिनिधि विच पटक पटक छलफल भएपनि बैठक निर्कषविहिन रहेको थियो ।

कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...