कपिलवस्तु। शिवराज नगरपालीका वडा न ५ चन्द्रौटा वजार भएको अव्यवस्थीत पार्किङलाई दिर्घकालीन समाधानको लागी नगरप्रमुख अजय थापा समक्ष ज्ञापन पत्र वुझाईएको छ । चन्द्रौटामा विभिन्न व्यवसायमा आवद्ध युवाहरुको समुहले नगर प्रमुख थापाको कार्यकक्षमा पुगेर पार्किङको समस्या समाधान गर्न माग गरेका छन ।
युवा व्यवसायीहरु विशालकुमार गुप्ता र अमर पौडेल लगाएतको नेतृत्वमा गएको टोलीले वजार क्षेत्रमा व्यपारीहरुको पशल अगाडी जथाभावी पार्किङले व्यवसायमा घाटा पुराएको गुनासो गरेका छन । युवाद्धारा नगरप्रमुख थापालाई वुझाईएको ज्ञापन पत्रमा अव्यवस्थीत रुपमा गरिएको पार्किङले पैदल तथा साईकल यात्रीहरुलाई दुर्घटनाको जोखीम वढाउनुको साथै व्यवसायमा समेत असर गरेको विज्ञप्तीमा भनिएको छ ।
सावारी साधनहरुको उचीत व्यवस्थापन गर्दै स्थायी रुपमा पार्किङको व्यस्थापन गर्न माग गरिएको युवा व्यवसायी विशालकुमार गुप्ताले वताउनुभएको छ । ज्ञापन पत्र वुझदै व्यवसायीहरुको मागको पक्षमा आफुपनी रहेको नगर प्रमुख थापाले आश्वास्त पार्नुभएको छ । उहांले यातायातका विभिन्न निकायसंग आफुले वर्ता गरिरहेको वताउदैं ठांउको पहिचान गरी तत्काल समस्या समाधान गर्ने पनि वताउनुभएको छ । विभिन्न चरणमा वस , अटो रिक्सा र ट्रकको पार्किङ स्थलको व्यवस्थापन गर्नेमा आफुहरुको तयारी समेत रहेको वताउनुभयो ।
चन्द्रौटामा व्यवस्थीत पार्किङको माग गर्दै मेयरलाई ज्ञापन पत्र
चन्द्रौटामा व्यवस्थीत पार्किङको माग गर्दै मेयरलाई ज्ञापन पत्र
Advertisement
तपाईको प्रतिक्रिया