जनक पन्थ, गुल्मी । गुल्मीमा घाँस काटने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर-४ रौताडी निवासी ३५ वर्षका राजु पोख्रेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मृतक पोख्रेल घर नजिकै अाँपको रुखमा घाँस काट्ने क्रममा लडेर घाइते भएका थिए । उनको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Advertisement