पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका –९ दमकडा बजारमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाईते भएका तिनाउ गाउँपालिका – ५ मस्यामका २२ वर्षीय योगेश रास्कोटीको उपचारका क्रममा आईतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।
माथागढी गाउँपालिका ३ सराईबाट पाल्पा–बुटवल सडकखण्डअन्तर्गतको बाँस्टारीतर्फ आउँदै गरेको लु ७७ प २१३२ नम्बरको मोटरसाइकल गएराति ११ः ३० बजेको समयमा अनियन्त्रित भई दुर्घटना हुन पुगेको थियो । दुर्घटनामा मोटरसाइकल चालक तिनाउ पाउँपालिका –५ मस्यामका २४ वर्षीय जनक राना सामान्य घाईते भएका थिए भने मोटरसाइकल पछाडि सवार रास्कोटी गम्भीर घाईते भएका थिए । गम्भीर घाईते रास्कोटीको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा आईतबार उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
Advertisement
तपाईको प्रतिक्रिया