प्यूठान। नेकपा माओवादी केन्द्र प्यूठानले पार्टीका बागी उम्मेदवारलाई निष्कासन गरेको छ ।
जिल्ला पार्टीले शुक्रवार वक्तव्य जारी गर्दै बागी उम्मेदवारहरुलाई पार्टीबाट निष्कासन गरिएको जनाएको छ।
Advertisement
नेकपा माओबादी केन्द्र प्यूठानका जिल्ला इन्चार्ज नारायण प्रसाद अधिकारीले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी दिने ६ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जानकारी दिए ।
उनका अनुसार प्यूठान नगरपालिका वडा नं १० मा माओबादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेपाली काङग्रेस बीच चुनाबी गठबन्धन भैरहेको अवस्थामा आधिकारिक उम्मेदवारको बिरुद्वमा बागी दिने वडा अध्यक्ष पदका उम्मेदबार लोक बहादुर केसी , सदस्य राजकुमार थापा , तेज बहादुर खडका , कुन्ता सुनार, निशा रोकामगर र प्यूठान नगरपालिका वडा नं. ४ वडा कमिटीका सचिब हिमाल पौडेललाई पार्टिले कारबाही गरेको हो ।