प्युठान । प्युठानको नौबहिनी गाउँपालिका-२ लिघामा भीरबाट लडेर एक वृद्धको घटनास्थलमै ज्यान गएको छ।
स्थानीय तह निर्वाचनको प्रचारमा हिँडेका लिघा सिरिवाङ निवासी ५६ बर्षीय धन बहादुर थापा मगरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बाहनेका प्रहरी निरिक्षक भानुभक्त अर्यालले जानकारी दिनुभयो ।
Advertisement
आइतबार कांग्रेस, माओबादि केन्द्र र एकीकृत समाजबादी सहितको गठवन्धन टोलीसँग मगर गाउँमा भोट माग्न जानुभएको थियो । मृतक थापा नेकपा माओवादी केन्द्रका स्थानीय नेता हुनुहुन्छ ।
गाउँमा घरदैलो गरि फर्किने क्रममा मगरको फाउने पोखरी नजिकैको भीरबाट लडेर मृत्यु भएको स्थानीयले बताएका हुन । यस सम्बन्धमा आवास्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।