बुटवल । नेकपा एमालेले बुटवल उपमहानगरपालिकाको मेयरका लागि बाबुराम भट्टराईलाई सिफारिस गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले तल्ला कमिटीबाट आएको सिफारिसमध्येका भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
त्यसैगरी उपमेयरमा सावित्रा अर्याललाई सिफारिस गरेको छ । यसअघि पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डे मेयर तथा नेकपा एसका चीनबहादुर गुरुंंगलाई उपमेयरमा उठाउने निर्णय गरिसकेका छन् ।
Advertisement