• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, जेठ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

संघीयता कार्यान्वयनमा समन्वय बढाउन अन्तर-व्यवस्थापिका सम्मेलन सुरु

नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

७७९ ईभीबारे विस्तृत छानबिन प्रक्रिया सुरु

कानुनले अड्काउने होइन, समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छः कानुनमन्त्री गौतम

सार्वजनिक सेवा प्रसारणको स्याटेलाइट खरिद प्रकरणमा छानबिन समिति गठन

गाउँमै उठ्यो वातावरणको बहस, सरुमारानीमा विशेष प्रदर्शनी

नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

लोकप्रिय समाचार

  • १. रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म फरक दाबी

  • २. तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

  • ३. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ४. प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो

  • ५. पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी

  • ६. तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम केसी हत्या प्रकरणमा प्रहरीमै छानबिन

  • ७. गुल्मीमा दूध उत्पादन बढ्दो, कृषक घटे पनि उत्पादकत्वमा वृद्धि

  • ८. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • ९. ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो

  • १०. काभ्रे घटना : बिदा लिएर निस्किएका असई र युवती मृत अवस्थामा भेटिए

गुल्मी महोत्सवको तयारी तिब्र, ३ वटा नाकामा स्वागत गेट निर्माण


  •   बुधबार, चैत २३, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी महोत्सवको मिति नजिकनि थालेसँगै महोत्सव लक्षित गतिबिधी वढ्न थालेका छन्। ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ यहि चैत २५ गतेदेखि बैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवं औद्योगिक मेलाको मेलाको तयारीलाई तिब्र पारिएको छ ।
    महोत्सवमा आउने पाहुना तथा दर्शकहरुलाई मध्य नजर राखेर तम्घास बजार प्रबेश गर्ने तीन स्थानमा स्वागत गेट निर्माण गरिएको छ । स्वागत गेट तम्घासको उपल्लो तम्घास, पुतलीबजार र उदिनढुङ्गामा निर्माण गरिएको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए ।
    महोत्सवलाई सफल बनाउन तम्घास बजार वासीले आफनो घर घरमा स्वागत व्यानर राखेर सिंगारिएको छ । महोत्सव हुने चिदीचौर मैदानमा मेला निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
    मेलामा झण्डै ६ दर्जन वढि कलाकार
    मेलामा झण्डै ६ दर्जन वढि नेपालका ख्याति प्राप्त हास्यव्यग्य सहित बिभिन्न बिधाका कलाकारहरुको प्रस्तुति रहने चौथो गुल्मी महोत्सव साँस्कृतिक कार्यक्रम संयोजक इश्वरी कंडेलले बताए । मेलामा राष्ट्रिय स्तरमा चर्चामा रहेका कलाकारहरु बोमबहादुर कार्की, शिब परियार, राजु परियार, बद्रि पंगेनी, पशुपति शर्मा, कुलेन्द्र बिश्वकर्मा, चन्द्र शर्मा, खुमन अधिकारी, कमल खत्री,रामजी खाँड, रचना रिमाल, शान्तीश्री परियार, रहेका छन् ।
    अलिफ खाँन, बैकुण्ठ महत, प्रिती आले, रमेशराज भट्टराई, राधिका हमाल, अञ्जली अधिकारी, श्रीप्रसाद थापा,कमला घिमिरे, महेन्द्र गौतम, नारायण बिपि परियार, बिष्णु श्रीपाली, विसाल श्रेष्ठ बसन्त खत्री रहेका छन् । त्यस्तै लक्ष्मण खड्का, शितल शर्मा, कल्पना कुसुम, पुरुषोत्तम भण्डारी सिता राना, समिक्षा बिसी, सन्तु थापा, गणेश अधिकारी, अनुराना मगर, भुवन भुसाल रहेका छन् ।
    त्यस्तै सन्तोष केसी, हरि खत्री, तुलसिंह रनपछाई, उज्जवल गिरी, सम्झना परियार, शुसिला गौतम, तिलक बस्नेत दिपु मगर, धनमाया राना, शिलु भट्टराई, लक्ष्मी बस्नेत, नन्दु परियार, सुरी मगर, सूर्य रेगामी, सुरेश राना, पवन परियार, मनिषा पोखरेल, राशी रिजाल रहेको साँस्कृतिक कार्यक्रम संयोजक कंडेलले बताए । महोत्वसमा सुनिल थापा, मन्जु थापा, टिकाराम पोखरेल, शान्तारानी परियार, बिष्णु सिंजाली, कमल कार्की, ककमल कंडेल, रितु थापा, माया थापा, निर्मला थापा मगर, बिक्रमवावु वि.क., रामकुमार बिष्ट, दिनेश थापा लगायतको प्रस्तुती रहनेछ ।
    मेलामा गुल्मी जिल्लाबाट राष्ट्रिय स्तरमा चर्चामा रहन सफल उद्मान गायकहरु पनि समाबेश हुनेछन् । राष्ट्रिय कलाकारसँगै जिल्लाका १२ वटै स्थानीय तहमा रहेका साँस्कृति झल्कीने बिशेष मौलीक प्रस्तुतीहरु राखिने कंडेलले बताए ।
    घरेलु उत्पादनलाई प्रथामिकता
    गुल्मी महोत्सवमा चिदीचौर खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरुसँगै जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु,मनोरञ्जनात्म पिङ्ग लगायत बिभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री बितरणको लागी राखिने भएको छ ।
    चौथो गुल्मी महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष पौडेलले बताए । महोसत्वमा दुई सय स्टल रहने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीले जनाएको छ ।
    महोत्सवलाई व्यवस्थित गर्न ३४ वटा उपसमिति गठन गरिएको छ । सदरमुकाम तम्घासको चिदीचौर खेल मैदानमा आयोजना गरिने महोत्सवमा कृषि तथा घरेलु उत्पादनलाई प्राथमिकता दिने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका उपाध्यक्ष ताराप्रसाद भुसालले बताए ।
    जिल्लामा उत्पादिन कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ, जिल्लाको प्रसिद्ध गुणका परिकार लगायतका अरू कृषिजन्य सामग्री महोत्सव अवधिभर राखिने छ । म्मरपुरको कुमाल समुदायले सेरामिक्सबाट निर्माण गरेका माटोका कलात्मक बस्तुहरु, महोत्सव अवधिभर राखिने भुसालले बताए ।
    त्यस्तै बाँस तथा निगालोबाट बन्ने अन्य कलात्मक सामग्रीहरूलाई उच्च प्राथामिकताका साथ राखिने भएको छ । महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्बद्धनसगै पवित्र तपोभुमि रुरु, रेसुङ्गा, कंके देउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारसँगै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।

    Advertisement

    बुधबार, चैत २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चक्रपथमा महानगर यातायातका १६ नयाँ विद्युतीय बस सञ्चालन
    राप्ती गाउँपालिकामा ‘कृषि, पशु, उद्यम तथा रोजगार प्रदर्शनी–२०८३’ हुँदै
    प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो
    ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो
    पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी
    गुल्मीमा दूध उत्पादन बढ्दो, कृषक घटे पनि उत्पादकत्वमा वृद्धि

    लोकप्रिय

    • १.
      रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म

    • २.
      तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

    • ३.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ४.
      प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया

    • ५.
      पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न

    • ६.
      तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम

    भर्खरै

    • १.
      स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

    • २.
      संघीयता कार्यान्वयनमा समन्वय बढाउन अन्तर-व्यवस्थापिका सम्मेलन सुरु

    • ३.
      नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

    • ४.
      दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

    • ५.
      ७७९ ईभीबारे विस्तृत छानबिन प्रक्रिया सुरु

    • ६.
      कानुनले अड्काउने होइन, समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छः कानुनमन्त्री गौतम

    • ७.
      सार्वजनिक सेवा प्रसारणको स्याटेलाइट खरिद प्रकरणमा छानबिन समिति गठन

    • ८.
      गाउँमै उठ्यो वातावरणको बहस, सरुमारानीमा विशेष प्रदर्शनी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation