नेत्र मरासिनि,अर्घाखाँची। जागृति कृषि तथा पशु बिकास महिला सहकारी संस्था लिमिटेड शितगंगा नगरपालिका – १० को आयोजनामा शनिबार ४६ जना उत्कृष्ट उधमिहरुलाई रु ४ लाख ७० हजार ४७१ रुपैया उत्पादनमा आधारित अनुदान वितरण गरिएको छ । सितगंगा नगरपालिका अर्घाखाँचीद्वारा आर्थिक बर्ष २०७७/०७८ को कार्यक्रम अन्तर्गत कृषि तथा पशु तर्फको क्षेत्रमा सहकारी मार्फत बैज्ञानिक तरिकाबाट तौल गरि बिक्रि गर्ने कृषकहरुलाई उक्त रकम वितरणबाट गरिएको हो। उक्त कार्यक्रममा सितगङा नगर प्रमुख सुर्य प्रसाद अधिकारीले साना किसानहरुको मुहारमा हासो र खुसी तथा हौसला प्रदान गर्नका लागि नेपालमै नौलो तरिकाबाट उधमीको हात हातमा सहकारी मार्फत नगद प्रदान गरिएको बताउनु भयो । साना किसानहरुलाई माथी नउकासी नगरबासीको समृद्धि नहुने बताउदै उहाले जहिले पनि किसानको साथ र सहयोगमा कार्यक्रम सन्चालन गरेको बताउनु भयो । उक्त कार्यक्रममा सितगङा नगरपालिका १० का वार्ड अध्यक्ष हिम्मत पोख्रेल , कार्यपालिका सदस्य शान्ता अधिकारी , हेफर/ ईपिसिडिसी अर्घाखाँचीका परियोजना संयोजक केसब भुसाल , नेत्र मरासिनी , जनजागृती माविका प्राचार्य रोमाखर बन्जाडे लगायतले शुभकामना मन्तब्य राख्नु भयको थियो । हाल सम्म नगरपालिकाको तर्फबाट आर्थिक बर्ष ०७५/०७६ देखि आर्थिक बर्ष ०७७/०७८ सम्म २ हजार १ सय जना बढी उत्कृष्ट उधमीहरुलाई रु २ करोड भन्दा बढि रकम प्रदान गरिएको छ ।
शितगंगाका उत्कृष्ट कृषकलाई अनुदान वितरण
शितगंगाका उत्कृष्ट कृषकलाई अनुदान वितरण
Advertisement
तपाईको प्रतिक्रिया