• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

‘प्रेम’ स्मृतिग्रन्थ लोकार्पण


  •   शनिबार, चैत १९, २०७८ मा प्रकाशित
  • बागलुङ । स्वर्गिय ईन्जिनियर प्रेम थापाको प्रथम स्मृति दिवसको अवसरमा प्रेम स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । गलकोट नगरपालिका वडा नं ७ मल्ममा जन्मेका स्वर्गिय थापाको निवास बागलुङ नगरपालिका–१ रामरेखामा एक कार्यक्रमका बिच बगाले थापा क्षत्री समाज धौलागिरीका अध्यक्ष तथा पुर्व एस एस पी भिम बहादुर थापाले लोकार्पण गरेका हुन ।

    Advertisement

    स्वर्गिय प्रेम थापाको प्रथम स्मृति दिवसको अवसरमा बोल्दै थापाले स्वर्गीय ईन्जिनियर थापाको अल्पायुमै भएको निधनले राष्ट्रले नै अतुलनिय क्षती व्योहोरेको बताएका छन । उनले सानो उमेरमा गरेका थुप्रै सकरात्मक र उदाहरणीय कामहरुबाट आफु प्रभावित भएको समेत उनले उल्लेख गरे । स्वर्गिय थापाका अधुरा सपनाहरु पुरा गर्न बगाले थापा क्षत्री समाज धौलागिरीले महत्वपुर्ण भुमिका निर्वाह गर्ने उनको भनाई छ ।

    थापाका प्रकाशित तथा अप्रकाशित लेख, हाल सम्मका उपलव्धी तथा उनले सामाजिक क्षेत्रमा गरेको योगदान समेटिएको प्रेम स्मृतिग्रन्थ पुस्तक थापाका बुबा तथा धौलागिरी बहुमुखी क्याम्पसका प्राध्यापक डा. दिन बहादुर थापाको सम्पादनमा तयार पारिएको थियो । छोराले सामाजिक क्षेत्रमा देखाएको लगावलाई मध्यनजर गर्दै सम्झना स्वरुप पुस्तकमा विषयवस्तु समेटेर तयार पारिएको प्रा.डा थापाको भनाई छ ।

    १२७ पृष्ठको प्रेमस्मृति ग्रन्थमा थापाको सामाजिक काम, अध्ययन, सरकारी सेवा तथा शुभचिन्तकहरुको लेख रचना समावेश गरिएको छ । थापाको परिवारले स्वर्गिय थापाको स्मरणका लागि दीर्घकालिन रुपमा पुस्तक प्रकाशन गर्ने समेत योजना बनाएको थापाका दाजु नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाश थापाले जानकारी दिए । स्वर्गिय थापाको परिवारले उनको सम्झनामा सामाजिक संस्था घुम्टे युवा परिवार गलकोटमा नगद रु २५ हजारको अक्षयकोष स्थापना गरेको छ ।

    कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा. राम प्रसाद उपाध्ययले थापाको प्रेम स्मृति ग्रन्थका विषयमा बोलेका थिए । कार्यक्रम सातसय बगाले थापा समाजका सदस्य क्याप्टेन दुर्गा बहादुर थापाको अध्यक्षता र केन्द्रिय प्रतिनिधी थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

    सानो उमेरमा नै हेप्पी कल्व पोखरा, युवा रेडक्रस सर्कल विद्यामन्दिर मा. वि, नेपाल जियोमेटिक्स ईन्जिनियरिङ सोसाईटी, बगाले थापा क्षत्री समाज फाउण्डेशन नेपाल लगायतमा आवद्व रहेका स्वर्गिय थापा विभिन्न विधाबाट सम्मानित समेत भएका थिए ।
    नेपाल सरकारको नापी निरिक्षक जियोमेटिक्स ईन्जिनियरको रुपमा कार्यरत थापाको गत वर्ष चैत १७ गते २६ वर्षको उमेरमा निधन भएको थियो ।

    शनिबार, चैत १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न
    डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार
    ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन
    जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग
    क्याफे कवितामा रसिक राज र विद्याश्री जिते मन
    `प्रल्हादकुमार अग्रवालको जीवनयात्रा व्यवसायीका लागि प्रेरणाको स्रोत´-मुख्यमन्त्री आचार्य

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation