कामनाडेली, प्युठान। नेकपा एकीकृत समाजबादी प्युठान चुनावी अभियानमा जुटेको छ।
एकीकृत समाजबादी प्युठानका अध्यक्ष भोज बिक्रम बुढा मगरले वैशाख ३० को स्थानीय तह निर्वाचन लक्षित गरी सोमवार जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरिएको कामनाडेलीलाई जानकारी दिए । उनले जिल्लामा पार्टीप्रतिको दृष्टिकोण र जिल्लाका स्थानीय तहमा एकीकृत समाजबादीलाई जिताउन रणनीति बनाउँदै अगुवा भेला सकिएको सुनाए।
भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सचिव भागवत बिश्वासीले स्थानीय तहको निर्वाचनमा एकीकृत समाजबादीलाई विजयी गराउनका लागि कार्यकर्तालाई खट्न निर्देशन दिएका छन् ।
पार्टिका केन्द्रीय सदस्य एवं प्युठान ईन्चार्ज टिकाराम शर्मा रिजालले प्युठानमा एकीकृत समाजबादीमा जनताको लहर देखिएको भन्दै त्यसलाई क्रीयासिल बनाउन कार्यकर्ताहरु चुनाव केन्द्रीत अभियानसहित गाउँगाउँमा खट्नुपर्ने बताए ।
भेलामा पार्टीको केन्द्रीय सदस्य शारदा स्वर्णकार, प्रदेश,जिल्ला, नगर सङ्गठन कमिटीलगायत विभिन्न तह र तप्काका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
प्युठानको जुम्री बजारमा आयोजित जिल्ला भेलामा करिब चार सय बढी अगुवा नेता तथा कार्यकर्ता सहभागी रहेको सो पार्टीले जनाएको छ ।