सुशिला बुढा मगर, प्युठान। प्युठानमा ट्याक्टर दुर्घटना भएको छ । माण्डवी गाउँपालिका वडा नं. ३ देविस्थानबाट सरुमारानी गाउँपालिका वडा नं. ६ पाङ्गबाङ्ग जादै गरेको रा १ त २७१२ नम्बरको मालबाहक ट्याक्टर दुर्घटनामा परेको हो ।
क्षमताभन्दा बढि सामान बोकेको र उकालो बाटो भएकाले दुर्घटना भएको हुनसक्ने स्थानियहरुले बताएका छन । ट्याक्टर पुर्ण रुपमा क्षती भएको छ । दुर्घटनामा कुनै मानवीय क्षती भने भएको छैन ।
Advertisement