• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

रेसुङ्गा नगरमा ३ वटा वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र शुभारम्भ


  •   आइतबार, चैत १३, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको स्वास्थ्य सेवाको पहुच बढाउन वडातहबाटै आधारभूत स्वास्थ्य सेवा दिन थालनी गरेको छ । सामान्य चेक जाँचका लागि पनि जिल्ला अस्पतालमा जानुपर्ने बाध्यतालाई अत्य गर्न वडास्तरमै आधारभूत स्वास्थ्य सेवा केन्द्र शुभारम्भ गरिएको हो ।
    गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले ३ वटा वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र बिस्तार गरेको छ । नगरका सबैवडाका नागरिकलाई आफ्नै घरछेउमा आधारभूत सेवा प्रदान गर्ने उदेश्यले वडा स्तरमा आधारभूत सेवा प्रदान गर्ने उदेश्यले सेवा बिस्तार गरिएको हो ।
    रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसाल एकै दिन तीनवटा वडामा आधारभूत स्वास्थ्य सेवा केन्दको शुभाम्भ गरेका हुन् । नगरपालिकाको वडानम्बर४, ७ र ९ नम्बर वडामा आधारभूत स्वास्थ्य सेवा केन्द बिस्तार भएको छ ।
    तिन कोठे भवन सहितको आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गर्दैै नगरप्रमुख भुसालले नगरप्रमुख भुसालले सानो सानो सेवा लिन पनि अस्पतालमा गएर घण्टौं कुर्नुपर्ने बाध्यतालाई अत्य गर्न वडास्तरमै स्वास्थ्य सेवा केन्द्रको स्थापन गरेको बताए । उनले नागरिकलाई घरदैलोमै सेवा दिन अधिकत्तम प्रयास नगरपालिकाले गरेको उल्लेख गरे ।
    सामान्य बिरामी पर्दा अस्पतालमा जाँच गर्ने बृद्ध तथा जेष्ट नागरिकलाई सहज हुने स्थानीयले अपेक्षा गरेका छन् । वडास्तरमा आधारभूत स्वास्थ्य सेवा बिस्तार भएसँगै यसले अरु विकासका कामहरु खड्काएको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।
    आधारभूत सेवा सुरुभएसँगै यसले अब भवनको बिस्तार र सेवाको पनि बिस्तारको खाँचो रहेको उल्लेख गरे । आधारभूत स्वास्थ्य सेवा केन्द्रको बिस्तार भएसँगै यसमा वर्थिङ्ग सेन्टरको पनि माग भएकाले अब त्यसतर्फ ध्यान जाने मरासिनीले बताए ।
    नागरिकलाई घरदैलोमै सेवा दिनको लागि सेवालाई बिस्तार गरिएको मरासिनीले बताए । नगरपालिकाले एउटा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन भ्याट सहित २३ लाखका दरले निर्माण गरेको नगरपालिकाका इन्जिनियर कृष्ण कोइरालाले बताए ।
    आधारभूत स्वास्थ्य सेवा शुभारम्भ कार्यक्रममा भवन निर्माणका लागि निशुल्क जग्गा प्रदान गर्ने जग्गा दाता, महिला स्वास्थ्य स्वयसेवीका, भवन निर्माण कार्यमा सहयोग गर्ने लगायतलाई सम्मान गरिएको थियो । प्रत्येक केन्द्रमा एक जना अहेब, एक जना अनमि र एक जना कार्यालय सहयोगी रहनेछन् ।
    केन्द्रबाट खोप सेवा, गर्भवती जाँच, सामान्य औषधी सेवा लगायतका आधारभूत सेवा प्रदान गरिनेछ । वडानम्बर–७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डेले आफ्नो वडामा स्थापना भएको आधारभूत स्वास्थ्य सेवा केन्द स्तर बढाउन कुनै कसर नछोडिने बताए ।
    उनले अहिले सेवा सुरुवात गरेपनि यसको बिस्तारै स्तर बढाउदै लगिने बताए । रेसुङ्गा नगरपालिकाले १४ वटै वडाबाट आधारभूत स्वस्थ्य सेवा पुर्याउने लक्ष्य अनुशार १३ वटा वडामा सेवा सञ्चालन गरेको छ ।
    जसमध्ये २ वटा वडामा भाडाको भवनबाट सेवा सञ्चालन गरेको छ भने एउटा वडामा भवन निर्माण कार्य अगाडी बढेको नगरपालिकाले जनाएको छ ।

    Advertisement

    आइतबार, चैत १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने
    गुल्मीमा पशु बाँझोपन निवारण शिविरबाट ५५ वटा गाईभैंसीमा उपचार
    गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु
    राप्ती प्रतिष्ठान र किर्तिपुर जलन अस्पतालबीच सहकार्य, आगामी वर्षदेखि सेवा सुरु हुने
    राप्ती प्रतिष्ठानमा प्रयोगशाला विस्तार, टिकट काउन्टर थपिँदै
    राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...