अनिल खत्री , गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले ‘छत्रकोट परिचय’ गीत सार्वजनिक गरिएको छ । समग्र गाउँपालिका भित्रका बिभिन्न गतिबिधीलाई समेटेर तयार पारिएको गीत बिहिवार एक कार्यक्रमका बिच सार्बजनिक गरिएको हो ।
गाउँपालिकाको लगानीमा तयार पारिएको गीतको गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थ र गीतका निर्माण कर्ता रोहित सुवेदीले पालिकाको आफनै यूट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । ‘छत्रकोट परिचय’ गीतको सार्वजनिक गर्दै अध्यक्ष पन्थले गीतले समग्र पालिकाको परिचय गीतको माध्यमबाट दिन खोजेको बताए ।
पालिका भित्रका निर्माण भएका विकास निर्माणसँगै महत्वपूर्ण स्थलहरुको बारेमा गीतले समेटेको पन्थले बताए । पन्थले जनप्रतिनिधी निर्वाचित भएर आएपछि छत्रकोटमा गरेका विकास निर्माणका कामहरु र आगामी दिनमा निरन्तरता दिनुपर्ने विकासका कामहरुलाई गीतले समेटेको बताए ।
गीतमा गाउँपालिकाले पछिल्लो समय गरेका कामहरुको बारेमा पनि समाबेश गरिएको छ । गीतकार एबम् संगीतकार रोहित सुवेदी र पालिका अध्यक्ष पन्थको शब्द रहेको गीतमा रोहित सुवेदीको संगीत रहेको छ ।
गीतमा रोहित सुवेदी, राजन न्यौपाने, दर्शिल पन्थ, मीना पाण्डेको स्वर रहेको छ । गीत सार्बजनिक कार्यक्रममा गाउँपालिका जनप्रनिधी, कर्मचारी लगायत आम नागरिकको सहभागिता रहेको थियो ।
गीतको पुरा भिडियो
छत्रकोट गाउँपालिकाको ‘छत्रकोट परिचय’ गीत सार्वजनिक
छत्रकोट गाउँपालिकाको ‘छत्रकोट परिचय’ गीत सार्वजनिक

Advertisement
तपाईको प्रतिक्रिया