जनकराज भट्टराई,पाल्पा। पाल्पाको तानसेन नगरपालिका – १४ अर्तुङ्गा स्थित कालिगण्डकी नदीमा नुहाउन गएका एक जना युवक बेपत्ता भएका छन् । धनकुटा पाख्रीबास नगरपालिका – ६ फलाते निवासी आन्दाजी ३३ बर्षिय मोहन बस्नेत नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारि लक्ष्मण पचभैयाले जानकारी दिनुभयो । प्रहरीका अनुसार बस्नेत बिगत सात महिनादेखी कालिगण्डकी करिडोरमा जेसिबि अप्रेटरको रूपमा काम गर्दै आएका थिए। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement