अनुज पछाई , प्यूठान । गौमुखि गाउपालिकाले ‘हाक’ हालेर कटुवालको काम गर्दै आएकाहरुलाई सिम सहितको मोबाइल सेट वितरण गरेको छ । गाउपालिकाको आर्थिक वर्ष २०७८÷७९ को बार्षिक बजेट अन्तर्गत पालिका भित्रका ३२ जना कटुवालहरुलाई मोवाइल वितरण गरिएको हो । पालिकाभित्रका गाउँघरमा सुचना, सन्देश पुर्याउन छिटो र सजिलो होस भन्ने उद्देश्यले मोवाइल वितरण गरिएको गौमुखि गाउपालिकाका अध्यक्ष विष्णु गीरीले बताउनुभयो।
जिल्लाका झिमरुक,गौमुखी लगायतका गाउँहरुमा अझै पनि कटुवाल प्रथा कायमै छ । कटुवालले गाउँमा पूजाआजा, झारा, बैठक, सभा तथा अन्य सार्वजनिक कार्यक्रमहरु हुँदा गाउँले कहाँ हाक हालेर सूचना पुर्याउने गर्दछन् ।
Advertisement