जनकराज भट्टराई,पाल्पा। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पाल्पाको अध्यक्षमा बिष्णु आचार्य चयन भएका छन।
Advertisement
तानसेन नगरपालिकाको सभाहलमा शुक्रवार सम्पन्न संघको नवौं अधिबेशनले थापाको नेतृत्वमा ६१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
जसको उपाध्यक्षमा कृष्ण कार्कि र सचिवमा बिजय रानाभाट चुनिएका छन। उपसचिवमा निर्मल न्यौपाने , भेस बहादुर गाहा र कोषाध्यक्षमा सुधीर भट्टराई चयन भएको लुम्बिनी प्रदेश सह इन्चार्ज तुल बहादुर अधिकारीले कामना डेलीलाई जानकारी दिए ।
अधिवेशनको उद्धाटन सत्रमा बोल्दै युवा संघका केन्द्रिय अध्यक्ष किरण पौडेल,एमाले केन्द्रिय सदस्य ठाकुर गैरे लगाएतका नेताहरुले युवाहरू देशका खम्बा भएकाले बेथिति र अन्यायका विरुद्ध डटेर लड्नु पर्ने बताए।