बर्दिया। बर्दियाको मधुवन नगरपालिकाकी १६ वर्षीया बालिकाको भारतको लखनउबाट उद्धार भएको छ।
Advertisement
फागुन ६ गते राति ९ बजेदेखि बेपत्ता बालिकालाई लखनउबाट बुधबार उद्धार गरिएको बर्दियाका डीएसपी हेमबहादुर शाहीले जानकारी दिए।
बालिका उद्धारका लागि मधुवन नगरपालिकाका प्रमुख कृष्ण केसी, जिल्ला प्रहरी कार्यायल बर्दियाका प्रहरी निरीक्षक गोपाल पौडेल र समाजसेवी मनोज कुमार यादव लखनउ पुगेका थिए।
बालिकालाई बर्दिया ल्याइसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।