माधव खनाल, अर्घाखाँची । बदेलको आक्रमणबाट अर्घाखाँचीमा एक किशोरी घाईते भएकी छन।
जिल्लाको भुमिकास्थान नगरपालिका – १ राजिमेकि १८ वर्षकि किशोरी करिस्मा नेपाली बदेलको आक्रमणबाट घाइते भएकी हुन। मंगलवार बिहान स्थानीय धैरेनी बनमा साथीहरु संग दाउरा काट्न गएकी करिस्मा माथी एक्कासि बदेलले आक्रमण गरि घाइते गराएको थियो। घाइते किशोरीको मल्लरानी – ३ मा चुजाठाटि प्युठानमा प्राथमिक उपचार पछि बिजुवार रिफर गरिएको करिस्माकी आमा उर्मिला नेपालीले बताइन्। घाइते नेपालीको ढाड र साप्रोमा गम्भीर चोट लागेको छ ।
स्थानीय दिपक नेपालीका अनुसार बिगत केहिदिन देखि बनमा दाउरा खुलाइएको थियो त्यही दाउरा काट्न जादा यस्तो घट्ना घटेको हो ।
यस्तै भुमिकास्थान नगरपालिका वार्ड्न १ कि वार्ड सदस्य चमकला नेपालीले बदेल नियन्त्रण गर्नको लागि आफुले ढाकावाङ्ग प्रहरी चौकिलाइ तत्काल निवेदन दिईने बताइन ।
बिगत केही वर्ष देखि अर्घाखाँचीमा बदेलको बिगबिगी बढेको छ।
बदेलको आक्रमणबाट भुमिकास्थानमा एक किशोरी घाइते
बदेलको आक्रमणबाट भुमिकास्थानमा एक किशोरी घाइते
Advertisement
तपाईको प्रतिक्रिया