कामनाडेली, बर्दिया । बर्दियामा नगदसहित जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। बर्दियाको मधुवन नगरपालिका ९ बेलटाँरी गाउँमा तास खेलिरहेका ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
उनिहरुलाई मंगलबार साँझ ११ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त कार्यालय प्रमुख हेमबहादुर शाहीले जानकारी दिए ।
शाहीका अनुसार पक्राउ पर्नेमा मधुवन नगरपालिका ९ बस्ने वर्ष २९ का विनोद चौधरी, वर्ष २३ का राजेश चौधरी, २८ का प्रकाश चौधरी, ३१ का मानबहादुर चौधरी, २८ का हिमाल चौधरी र वर्ष २९ का दिलिप तामाङ रहेका छन् ।
Advertisement
उनीहरुका साथबाट प्रहरीले ४८ हजार २ सय ८५ रुपैयाँ बरामद गरेको छ । उनीहरुलाई जिल्ला अदालत बर्दियाबाट जुवासम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाईएको छ।