सुरज भट्टराई, रुपन्देही। हाल अमेरिकामा बस्दै आएका गीतकार तथा संगीतकार येदीन गजमेरको नया गीत सार्वजनिक भएको छ। उनले ‘भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस’ को अवसर पारेर ‘यो तन तिम्रै यो मन तिम्रै’ बोलको गीत ल्याएका छन् ।
माया प्रेमका शब्द समेटिएको गीत गजमेरको आफ्नै युटुव च्यानल रिदम ईन्टरटेनमेन्ट नेपालबाट भिडियोसहित बाहिर आएको हो ।
रचना रिमाल र निशान भट्टराईको स्वर रहेको गीतमा शब्द संगीत गजमेरकै छ । गीतको भिडियोमा सञ्जीव बराइलीको संगीत संयोजन छ ।
युवराज वाइबाले निर्देशन गरेको गीतको भिडियोमा महेश खड्का र ऋचा शर्माको रोमान्स देख्न सकिन्छ । भिडियोमा दीपक गिरीको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ । गीतको भिडियोमा जुनी गजमेर ‘को लगानी छ ।
गजमेरले एक सय भन्दा बढी आधुनिक गीत तथा भजन संग्रहहरुमा आफुले शब्द तथा संगीत दिएको बताए।
गजमेरका “पन्चेबाजा बजाउंदै” “यादहरूमा” “प्रेमको नाता” “मुसुक्क हासीदेउ” “जुनी जुनी” आदी आदी’ लगायतका थुप्रै गीत चर्चामा छन।
येदीन गजमेरको ‘यो तन तिम्रै, यो मन तिम्रै’ सार्वजनिक
येदीन गजमेरको ‘यो तन तिम्रै, यो मन तिम्रै’ सार्वजनिक
Advertisement
तपाईको प्रतिक्रिया